सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एनएमबि बैंकको कार्ड सेवा अस्थायी रूपमा अवरुद्ध हुने

एनएमबि बैंकको कार्ड सेवा अस्थायी रूपमा अवरुद्ध हुने

 

१२ कार्तिक,काठमाडौं  ।  एनएमबि बैंक लिमिटेडले आफ्नो कार्ड प्रणाली मर्मत तथा अद्यावधिक कार्यका कारण केही समयका लागि कार्डसम्बन्धी सबै सेवा बन्द रहने जनाएको छ। बैंकले जारी गरेको सूचनाअनुसार, कात्तिक १४ गते शुक्रबार साँझ ८ बजेदेखि कात्तिक १५ गते शनिबार दिउँसो ४ बजे सम्म बैंकका कार्ड, एटीएम, पीओएस (POS) र ई–कमर्स सेवा अस्थायी रूपमा अवरुद्ध हुनेछन्।

यस अवधिमा ग्राहकहरूले एनएमबि बैंकबाट जारी गरिएका कार्डमार्फत नगद झिक्ने, पस (POS) उपकरणमा भुक्तानी गर्ने वा अनलाइन कारोबार गर्ने सेवाहरू प्रयोग गर्न नसक्ने बैंकले जनाएको छ।

एनएमबि बैंकले भनेको छ, “कार्ड प्रणालीमा प्रविधिगत सुधार र सुरक्षा सुदृढीकरणका लागि यो मर्मत कार्य गर्न लागिएको हो। यसबीचमा ग्राहकहरूले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र अन्य वैकल्पिक भुक्तानी माध्यम प्रयोग गर्न सक्नेछन्।”

बैंकले अस्थायी असुविधाका लागि ग्राहकहरूसमक्ष क्षमायाचना गर्दै कार्ड सेवाको मर्मत कार्य सम्पन्न भएपछि सबै सेवा पुनः नियमित रूपमा सञ्चालनमा आउने स्पष्ट पारेको छ।

सूचनामा भनिएको छ, “हाम्रो सेवाको गुणस्तर र सुरक्षा अझै प्रभावकारी बनाउन यो प्रविधिगत अद्यावधिक कार्य भइरहेको छ। ग्राहकहरूको बुझाइ र सहकार्यका लागि धन्यवाद।”

एनएमबि बैंक हाल देशभरका विभिन्न शाखा र एटीएममार्फत लाखौं ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकका अनुसार, कार्ड प्रणालीमा हुने यो सुधारपश्चात् ग्राहकहरूलाई अझ सहज र सुरक्षित भुक्तानी सेवा प्राप्त हुनेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend