टेकराज भुसाल,
९ कात्तिक, काठमाडौं। परिवार भन्नासाथ बाबू, आमा, पति, पत्नी, छाेरा, छाेरी, बाजे बजैसमेतकाे एउटा ईकाइ हाे। परिवारलाई सबल, सक्षम, अनुशासित र मर्यादित, आर्थिक रूपमा सम्पन्न,सामाजिक रूपमा मर्यादित ,राजनीतिक रूपमा पहिचान, प्रतिनिधितव र पहुँच हुन,पारिवारिक सम्बन्ध सुमधुर,सामाञ्जस्यतापूर्ण बनाउन सैद्धान्तिक मूल्यमान्यताकाे पालनामा ध्यान पुर्याउनु आवश्क हुन्छ ती यस प्रकार उल्लेख गर्न सकिन्छ:
आज्ञा पालनकाे सिद्धान्त: घरकाे मुख्य भै काम गर्ने बाबू, आमा, सासू,ससुरा तथा बाजे वजैले लगाएकाे काम ईमानदार भै गर्ने,
सम्बन्ध र दायित्वकाे सिद्धान्त : पति र पत्नीवीच आपसी प्रेम र सद्भावका साथ सँगै बसी पारिवारिक जीवन स्थापना गरी जीवन यापन गर्ने र एक अर्काेलाई सहयाेग संरक्षण र सम्मान गर्ने,
बासस्थानकाे सिद्धान्त : पत्नीकाे बासस्थान पतिकाे घरमा कायम भएकाे मानिने,
प्रतिनिधित्वकाे सिद्धान्त : सामान्य घर व्यवहारकाे काममा पति वा पत्नी एक अर्काकाे प्रतिनिधि रहेकाे मानिने,
ईज्जत अनुसारकाे व्यवहार गर्नु पर्ने सिद्धान्त :आफ्नो इज्जत र क्षमता अनुसार खान लगाउन तथा स्वास्थ्य उपचारकाे व्यवस्था गर्नु पर्ने,
सहमतिकाे सिद्धान्त : आफ्नो सम्पत्ति आम्दानी तथा हैसियत अनुरूप आपसी सहमतिकाे आधारमा घर व्यवहार चलाउनु पर्ने,
सम्पत्ति बिक्री वा अन्य तवरले हस्तान्तरण गर्दा एक अर्काकाे मञ्जुरी लिनुपर्ने,
राेजगारीमा पहुँचकाे सिद्धान्त : परिवारका सदस्यले एक अर्कालाई सीप, याेग्यता वा क्षमता अनुसारको पेसा, व्यवसाय वा काम गर्न राेक्न नहुने,
हेरचाह र स्याहार सम्भारकाे सिद्धान्त : प्रत्येक नाबालकलाई संयुक्तरूपमा आफ्नो आर्थिक हैसियत र क्षमता अनुसार पालन पाेषण, स्वास्थ्याेपचार, शिक्षा, दीक्षा, खेलकुद, मनाेरञ्जन तथा अन्य आवश्यक व्यवस्था गर्नु पर्ने
आदर र सम्मानकाे तथा हेरचाहकाे सिद्धान्त : छाेराछाेरीले आफ्ना आमाबाबुलाई सम्मानका साथ व्यवहार गर्नुका साथै आफ्नो आर्थिक तथा सामाजिक हैसियत अनुसार आवश्यक हेरचाह स्याहारसम्भार ओषधाेपचार वा रेखदेख गर्नु पर्ने।
उपराेक्त सैद्धान्तिक पृष्ठभूमिमा परिवार सञ्चालन हुन सकेमा अहिले देखिएका समस्या तथा गुनासा कम हुने अपेक्षा गर्न सकिन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend