बिष्णु प्रसाद शर्मा,
३० असोज, काठमाडौं । श्री ५ पृथ्वीनारायण शाहको एकीकरण प्रयासलाई यसरी ब्रेक लागाउने काम भएको थियो ! वीर योद्धा अमर सिंह किन काठमाडौं फर्केनन ? -सन१७०७ मा मुगल सम्राट औरङ्ग जेवको निधन भयो । सन १७५७ को प्यासीको युद्ध, सन् १७६२ को बक्सरको युद्धबाट बङ्गाल उत्तरको इण्डियाको मुगल सम्राटबाट र नवाब पराजित भै सकेपछी इण्डियामा बृटिस सम्राज्यको जग बलियो भै शक्तिशाली बन्न पुग्यो ।नेपालले पनि जोगिन एकिकरण नगरी नहुने अवस्था सृजना हुनथाल्यो ।
सन् १७६२वि.सं.१८१९ मा मकवानपुरका राजाको बोलावट्मा गोरखालीसंग लड्न कास्मिरिहरु २००० मकवानपुर भित्र्याउन सफल भयो।सन् १७६७ वि. सं. १८२४ सिन्धुली- पौवा गढीमा किनलकको नेतृत्वमा आएको फौजसंग युद्ध भयो ।सन् १७७२ वि. सं. १८२९-सन् १७८५ वि. सं.१८४२ वरेन होस्टिङ र नायव बहादु शाह लसपस भयो । सन् १७९२ वि. सं.१८४९ तिव्वतसंग लडाइ,उपनिवेशवाद्को विरुद्ध पृथ्वी पथको अगुवाइ,सन् १७९१ विसं. १८४८ को नोभेम्बरमा गोराले अव्दुल कादिरलाई कापटपूर्वक तिव्वतसंगको युद्धमा सघाउने प्रस्ताव पठायो।
सन् २८ नोभेम्वर १८१५ मा गुरुहरु चन्द्र शेखर उपाध्याय र गजराज मिश्र नेपालको तर्फबाट छलफलमा भाग लिन पठाइयो । तर बृटिस प्रतिनीधिसंग नेपाली प्रतिनीधिको लसपसले नेपाल देशले ठूलो धोखा पायो।उसले तिव्वतसंग युद्धको लागि उसको सेना पठाउने भनेर संधिमा हस्ताक्षर गराइदियो । दुई जना नेपालीको गद्दार पनले गर्दा युद्ध त रोकियो नेपालले जितेको भूभाग गुमाउन पर्यो । वुटवलबाट अमर सिंहथापा काठमाडौं आएनन् । गोसाइँकुण्ड पुगे, पिडाले उतै विलिन भए । यो हो ! नेपालको विवसता ।
– हामी नेपाली आज पनि यही पथबाट अलग हुन सकेका छैनौं ! अब पनि चेत पलाएन भने कहिले पलाउला र ? दलहरुको योजना यही हो सबै नेपाली जनता सचेत हुने वा देश सिद्याउने आफैंले निर्णय गरौं !सचेत हुने हो भने पृथ्वी पथको विकल्प छैन।जय देश! जय नरेश !! शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक हुनुन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend