सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

निर्माण व्यवसायी तेज बहादुर चन्दको असामयिक निधनप्रति महासंघको गहिरो शोक

निर्माण व्यवसायी तेज बहादुर चन्दको असामयिक निधनप्रति महासंघको गहिरो शोक

 

२६ असोज,काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना पूर्व सल्लाहकार एवम् पूर्व उपाध्यक्ष तेज बहादुर चन्दको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गरेको छ। महासंघका महासचिव रोशन दाहालले आइतबार एक शोक विज्ञप्ति जारी गर्दै चन्दको निधनले निर्माण क्षेत्रले एक सक्षम, इमानदार र समर्पित व्यक्तित्व गुमाएको बताएका छन्।

उदयदेव निर्माण सेवाका सञ्चालकसमेत रहेका चन्द सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष र नेपाल निर्माण व्यवसायी संघ कैलालीका सक्रिय सदस्यसमेत रहिसकेका थिए।  उनको निधन मिति २०८२ असोज २५ गतेका दिन भएको हो।

महासंघले विज्ञप्तिमा लेखेको छ, “चन्दजस्तो अनुभवी र इमानदार व्यक्तित्वको असामयिक निधनले सम्पूर्ण निर्माण व्यवसायी समुदायमा अपूरणीय क्षति पुगेको छ। शोकको यस घडीमा महासंघ उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार र आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ।”

तेज बहादुर चन्द विगत लामो समयदेखि सुदूरपश्चिम क्षेत्रका ठूला पूर्वाधार तथा निर्माण परियोजनामा सक्रिय रहँदै आएका थिए। उहाँको योगदानले सुदूरपश्चिम प्रदेशमा निर्माण व्यवसायलाई संस्थागत रूप दिन उल्लेखनीय भूमिका खेलेको महासंघले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend