२३ असोज,काठमाडौँ ।शाओमी नेपालले ‘शाओमी महा फेस्टिवल’ को अवसरमा रेड्मी नोट १४ सिरिजका स्मार्टफोनहरूको मूल्य घटाएको छ। कम्पनीका अनुसार नयाँ मूल्य असोज ७ गतेदेखि लागू भएको हो।
रेड्मी नोट १४ को 6GB+128GB संस्करण अब रु. २३,९९९ र 8GB+256GB संस्करण रु. २६,९९९ मा उपलब्ध छन्। त्यस्तै, रेड्मी नोट १४ (5G) को 8GB+256GB भर्सन रु. २९,९९९ र 12GB+512GB भर्सन रु. ३४,९९९ मा पाइनेछ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले नयाँ मूल्यले नेपाली प्रयोगकर्तालाई अत्याधुनिक प्रविधिमा अझ सहज पहुँच दिलाउने विश्वास व्यक्त गरेका छन्। यी स्मार्टफोनहरू देशभरका अधिकृत बिक्रेता र खुद्रा पसलहरूमा उपलब्ध छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend