सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मुग्लिन–नारायणगढ सडक सुचारु, पहिरोको जोखिम कायमै

मुग्लिन–नारायणगढ सडक सुचारु, पहिरोको जोखिम कायमै

 

२० असोज, चितवन । मुग्लिन–नारायणगढ सडक खण्डमा कुनै अवरोध नरहेको सडक डिभिजन भरतपुरले जनाएको छ। सडक दुईतर्फी रूपमा आवागमनका लागि खुला रहेको र सवारीसाधन सहजै सञ्चालनमा रहेको जानकारी गराइएको हो।

यद्यपि लगातारको वर्षाले सडक वरपरका भीरबाट पहिरो खस्ने सम्भावना अझै कायमै रहेको हुँदा यात्रु तथा सवारीचालकलाई सावधानी अपनाएर सुरक्षित यात्रा गर्न अनुरोध गरिएको छ। सडक खण्ड महत्त्वपूर्ण व्यापारिक र आवागमन मार्ग भएकाले यसको अवस्था सामान्य हुनुले दैनिक यात्रु र मालवाहक गाडीहरूलाई सहजता मिलेको भए पनि जोखिम नटरेको सडक डिभिजनको भनाइ छ।

सडक डिभिजनका अनुसार सम्भावित आकस्मिकताका लागि डोजर तथा प्राविधिक टोली तयारी अवस्थामा राखिएको छ। यात्रुहरूलाई अनावश्यक जोखिम मोलेर यात्रा नगर्न र सम्भावित खतराको चेतावनीलाई बेवास्ता नगर्न पनि आग्रह गरिएको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend