काठमाडौं १४ कात्तिक । ओखलढुंगाको पोकली झरनास्थलमा वृहत सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ । आज काठमाडौमा पोकली झरना सेवा समाजले पत्रकार सम्मेलन आयोजना गरेर महोत्सव बारे जानकारी गराएको हो ।
सो झरनाको सौन्दर्य र महत्वलाई विश्वभर पु¥याउने उद्देश्यका साथ आगामी कार्तिक १६ र १७ गते ‘पोखली झरना महोत्सव’ चल्ने आयोजकको भनाई छ । सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ का लागि सूचिकृत गरेको सूचिमा नेपालकै दोस्रो उचाईमा रहेको सो झरनालाई पनि समावेश गरिएको छ ।
ओखलढुंगाको मात्रै नभएर नेपालकै पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान पु¥याउने अपेक्षासहित सो झरना स्थलमा महोत्सव आयोजना गर्न लागिएको समाजका महासचिव शम्भु बरालले जानकारी दिए ।
बृहत सांस्कृतिक कार्यक्रमसहित आयोजना हुने महोत्सवमा सो झरनाको सौन्दर्य लिनुका साथै स्थानीय उत्पादनहरुको पनि प्रर्दशनी हुने समाजले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend