महोत्तरी १४ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले आफू जनताको नेतृत्व गर्दै अनसन बस्ने चेतावनी दिएका छन् ।
नेकपा महोत्तरीले छठ पर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै जनकपुरबाट पिपरा हुँदै जलेश्वर जाने बाटो छिटो नबने अनसन बस्ने चेतावनी दिए ।
मधेशको विकासका लागि जनकपुरबाट पिपरा हुँदै जलेश्वर र बिर्तामोडसम्म पुग्ने बाटो महत्त्वपूर्ण भएको बताए । अहिले बाटो निर्माणको काम कछुवा गतिमा अघि बढेको भन्दै प्रचण्डले आपत्तिसमेत जनाए ।प्रचण्डले मधेशमा भइरहेका अन्य विकास निर्माणका काम कम्युनिस्ट सरकारले नै गरिरहेको दाबी गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend