बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सरकार र पार्टीलार्ई बदनाम गराउन केही तत्व सक्रिय—प्रचण्ड

सरकार र पार्टीलार्ई बदनाम गराउन केही तत्व सक्रिय—प्रचण्ड

काठमाण्डौ १० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले वर्तमान सरकारलाई बदनाम गराउन केही तत्वहरू सक्रिय भएर लागेको आरोप लगाएका छन् ।अध्यक्ष प्रचण्डले नेवाः मुक्ति मोर्चा नेपालले मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः को शालिकमा माल्यापर्ण एवं शुभकामना आदानप्रदान कार्यक्रममा आइतबार प्रचण्डले वर्तमान सरकारलाई बदनाम गराउने र विवाद उत्पन्न गराउने तत्व सक्रिय भइरहेको जानकारी दिदै त्यस्ता तत्वलाई चिर्दै सरकार अगाडी बढ्ने समेत आश्वासन दिए ।

प्रचण्डले सरकार पटक–पटक फेरिने प्रक्रियाको अब अन्त्य हुने चर्चा गर्दै मुलुक राजनीतिक स्थायित्वका साथै विकास र समृद्धिमा अगाडि बढेको बताए ।उनले सामाजिक न्याय स्थापना गर्ने अभियानमा सरकार सक्रिय रहेको चर्चा गर्दै सामाजिक रूपान्तरण हुने प्रक्रिया अगाडि बढिरहेको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend