सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गरे के हुन्न नेपालको पानी, विदेश निर्यात गर्ने सोचमा युवा व्यवसायी

गरे के हुन्न नेपालको पानी, विदेश निर्यात गर्ने सोचमा युवा व्यवसायी

काठमाण्डौ ७ कात्तिक । पछिल्लो समय रोजगारीको नाममा होस वा पढाईको बहानामा विदेश जानेको लर्को छ । विदेश जाने यूवाहरुको लर्को बढे संगै गाउँका सुन फलाउने खेताबारी बाझिँदै छन् । अर्को तिर कुनै मानिसको मृत्यू भयो भने पनी लास उठाउने मानिसको अभाव छ ।

यसै बिच युवाहरू विदेश पलायन भइरहेको बेला नेपाल मै केही गर्नुपर्छ भनेर ३ करोड लगानीमा एउटा युवा टिम ले काठमाडौंको चन्द्रारागिरि नगरपालिका वडा ८ मातातिर्थमा स्पिरिङ मिनरल वाटर एण्ड मातातीर्थ प्रालि कम्पनी खोलेका छन् ।

आम जनतालाई छुट्टै मुलको स्वच्छ पानी खुवाउने उदेश्य लिएर पानी कम्पनी खोलेको कम्पनी व्यवस्थापन प्रमुख भानु खनालको भनाई छ । स्वच्छ पानीको माग स्वदेश देखी विदेशमा समेत माग भएको बताईन्छ ।

आगामी दिनमा बिभिन्न जिल्ला संगै विदेशमा समेत पानी निर्यात गर्ने उदेश्य रहेको कम्पनी व्यवस्थापक प्रमुख भानु खनाल बताउँछन् ।

यसरी दिन प्रतिदिन युवाहरु बिदेश गइरहेको बेला गरे के हुन्न स्वदेशमै भविष्य बनाउन सकिन्छ भन्ने यो युवा समुहले देखाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend