मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

प्रधानमन्त्री ओली सँग मेरो कुनै विवाद छैनः अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री ओली सँग मेरो कुनै विवाद छैनः अध्यक्ष प्रचण्ड

काठमाण्डौ ६, कात्तिक ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै किसिमको विवाद नभएको बताएका छन् । पाँचथर पुगेका दाहालले त्यहाँस्थित पत्रकारहरुसँग कुरा गर्दै प्रम ओलीसँग कुनै किसिमको विवाद रहेको भ्रममा नपर्न आग्रह गरेका छन् । ‘

बाहिर आए जस्तो ओलीजीसँग मेरो कुनै विवाद र असमझदारी छैन । हिजै मात्र शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउन हामी दुई घण्टा भन्दाधेरै बस्यौँ’, दाहालले भने, ‘शान्ति प्रक्रिया टुंग्याउन अन्तिम निष्कर्शमा पुग्दैछौँ ।पार्टी एकताको बेलाको सहमति कार्यान्वयन नभएको भए पार्टी यहाँसम्म आउँदैन थियो।

महाधिवेशनसम्म जाँदा अरु समझदारी कार्यान्वयन हुन्छन् ।’ सञ्चारमाध्यममा आए जस्तो केही नभएको दोहो¥याउँदे दाहालले यस्ता भ्रममा नपर्न पनि अपिल गरे ।‘मिडियामा आउने कुराले केही छन् कि भन्ने लाग्न सक्ला तर हामीबीच केही पनि असमझदारी छैन’, उनले अगाडि थपे, ‘हामीले हिजो दुई घण्टा बसेर समग्र स्थितिलाई कसरी लाने भन्नेमा छलफल ग¥यौँ। हो–हल्ला र प्रचारबाजीमा नजान आग्रह गर्दछु ।’

दाहालले मन्त्रिमण्डल फेर्ने कुरा विशुद्ध प्रमको हातमा रहेको बताए । ‘जतिबेला प्रमले चहानुहुन्छ, त्यतिबेला मन्त्रिमण्डल फेरिन्छ’, उनले भने, ‘संक्रमणकालीन न्यायको प्रक्रिया टुंग्याउन हामी जुटेका छौँ । पीडितका पनि राय सम्बोधन हुन्छ, अब समस्या छैन ।’

अध्यक्ष दाहालले नेपालको राजनीतिक इतिहासको असाध्य महत्त्वपूर्ण क्षणबाट अघि बढिरहेको बताउँदै राजनीतिक स्थायित्वसहित बलियो सरकार बनाएर समृद्धितिर बढ्ने संकल्प गरिएको उल्लेख गरे ।

सिस्टम नै चेन्ज भएकाले नयाँ संरचना खडा गर्नुपर्ने र कर्मचारीको व्यवस्थापन पनि चुनौती थियाण्ण्छ,’ उनले भने, ‘देशको समस्या हल हुँदैछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend