काठमाण्डौ ५, कात्तिक । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिष्णुप्रसाद गैरेले अस्वस्त प्रतिस्पर्धा र नियम विपरित धेरै पैसा असुल्ने मेनपावर कम्पनीलाई संघले बचाउन नसक्ने बताएका छन् ।
नवनिर्वाचित अध्यक्ष गैरेले माउन्टेन टेलिभिजनमा प्रसारण हुने उधम र रोजगार कार्यक्रममा अन्तरर्वार्ता दिने क्रममा यस्तो कुरा बताएका हुन । अध्यक्ष गैरेले बिभिन्न मुलुकबाट रोजगारीको डिमाण्ड ल्याउने क्रममा व्यवसायी व्यवसायी बिच कमिसनको होडबाजीमा लाग्ने व्यवसायीलाई संघले कारबाही गर्न सरकारलाई सहयोग गर्ने समेत स्पष्ट पारे ।
उनले वैदेशिक रोजगारमा देखिएका समस्यालाई समाधान गर्न सरकार लगायत सरोकार निकायहरु संग छलफल भईरहेको समेत बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend