चितवन ५, कात्तिक । प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समूहका नेता गुणराज लोहनी पक्राउ परेका छन् । मंगलबार लोहनीलाई बिहान चितवनबाट पक्राउ गरिएको हो ।
यसअघि उक्त पार्टीका केन्द्रीय सदस्य रहेको लोहनीलाई स्वास्थ्यमा समस्याको कारण देखाउँदैं जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्ति विप्लवले सोमबार मात्रै जारी गरेका थिए । पार्टीको आठौं पूर्ण बैठकले उनलाई जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।
उनलाई केन्द्रीय समितिबाट मात्रै मुक्त गरिएको हो वा पार्टीबाटै त्यो भने विज्ञप्तिमा खुलाइएको छैन् । यस अघि उनी विप्लवका विश्वास पात्रका रुपमा चिनिन्थे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend