बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

दलालीकरणको संस्कार र संस्कृतिले मुलुक खतरामा—नेता गुरुङ

दलालीकरणको संस्कार र संस्कृतिले मुलुक खतरामा—नेता गुरुङ

लमजुङ असोज १५, । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले दलालीकरणको संस्कार र संस्कृतिले गर्दा मुलुक खतरामा जान थालेको बताएका छन् । नेता गुरुङले आफ्ना भाषा, संस्कार र संस्कृति छाडी डलरका निम्ति जस्तोसुकै कदम पनि चाल्ने प्रवृत्तिले भुमरिमा मुलक रहेको बताए ।

बेसीशहरमा अनेरास्ववियु लमजुङद्वारा विजयदशमी, दीपावली तथा छठ पर्व २०७६ का अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।विदेशीको संस्कार, संस्कृतिलाई अँगाल्दै डलरको पछि लागेर आमाबुबा, परिवार, देश बिर्संदै जाँदा जस्लाई मुलुकमा जतिबेला पनि अप्रिय घटनाहरु घट्न सक्ने उनको भनाइ छ ।

उनले भने, “व्यावहारिक र जनवादी शिक्षामा जोड दिनुपर्छ । नेपाली भाषा, संस्कार संस्कृतिको संरक्षण गर्नका लागि बेलैमा सचेत हुनुपर्ने समय आएको छ ।

” प्रमुख सचेतक गुरुङले डलरको पछि नलागी आफ्नो मिहिनेत गर्दै नवऔपनिवेशिक संस्कृतिको विरुद्धमा आफ्नो संस्कार, संस्कृतिलाई जोगाउन जनवादी संस्कृति अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सङ्घीय सांसद, नेकपा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सहइन्चार्ज यशोदादेवी सुवेदी, साबिक अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज दिव्यचन्द्र सोती लगायतको उपस्थिति थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend