१३ कार्तिक , काठमाडौं । साताको तेश्रो दिन आज मंगलबार शेयर कारोबारमा बजार परिसूचक नेप्से ४६.६९अंकले बढेको छ ।तिहार नजिकिदै गर्दा शेयरबजारमा हरियाली छाएको हो। अघिल्लो दिन ५ अर्ब ३४ करोडको कारोबार भएकोमा आज ६ अर्ब १२ करोड भन्दा बढिको कारोबार भएको छ ।
मंगलबार नेप्से ४६.६९ अंकले बजार बढेर २६९२.०५ विन्दुमा पुगेको हो। नेप्सेले अहिले पनि २७ सयको विन्दुमा प्रतिरोध परीक्षण नै गरिरहेको देखिन्छ।
यसदिन तीन सय १९ स्क्रिप्स कारोबारमा आउँदा दुई सय ५८ वटाको सेयर मूल्य बढेको छ। ३५ वटाको मूल्य घटेर कारोबार भएको छ भने बाँकीको स्थिर छ।
कारोबार रकममा पनि सुधार भएको छ। सोमबार पाँच अर्ब ३४ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार छ अर्ब १२ करोड रूपैयाँको सेयर किनबेच भएको छ।
यसदिन कारोबारमा आएका सबै समूहगत परिसूचक बढेका छन्। निर्जीवन बीमा, विकास बैंक र होटेल समूह उच्चले बढेका छन्। यी समूहमा क्रमशः ३.६० प्रतिशत, २.३२ प्रतिशत र २.७७ प्रतिशतले वृद्धि भएको हो।
आज कारोबारमा आएका ३१९ कम्पनी मध्ये १७ कम्पनीको शेयर मूल्य घटेको छ भने बाँकि कम्पनीको शेयरमूल्य बढेको छ । आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा समृद्धि फाइनान्स रहेको छ। उक्त कम्पनीको २४ करोड ७१ लाखको कारोबार भएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend