१३ कार्तिक , काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष श्री विश्वम्भर न्यौपानेको सभापतित्व तथा मुख्य कम्पनी माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाको प्रमुख आतिथ्यमा मंगलबार (१३ कार्तिक ) बालुवाटार प्यालेस बैंक्वेट, गैरीधारा, बालुवाटार, काठमाण्डौमा उक्त साधारणसभा सम्पन्न भएको हो।
साधारण सभावाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आ.ब. २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तिय विवरणहरु, आ.व २०८१/८२ का लागि लेखापरिक्षकको नियुक्ती लगायतका प्रस्तावहरु पारित भएका छन् ।
कम्पनीको पाँचौं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने शेयरधनीहरु प्रति कम्पनीका अध्यक्ष तथा यस सभाका सभापतिले धन्यवाद व्यक्त गर्दै हाल कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मिति २०८१ आश्विन १६ गते सामूहिक लगानी कोषको कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्त गरि मिति २०८१ आश्विन २१ गते योजना समेत दर्ता गरि स्वीकृतिको प्रक्रियार्थ रहेको जानकारी दिए । यसका साथै कम्पनीले आगामी दिनमा पूँजी बजारको विकासमा अझ बढि टेवा पुग्ने गरी कार्य गर्ने कुरामा विश्वस्तता व्यक्त गरे। साथै, कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा अप्रत्यक्षरुपले मार्ग दर्शन गर्ने तथा योगदान दिने मुख्य कम्पनी माछापुच्छ्रे बैंक लि., नियमक निकायहरु, लेखापरीक्षकहरु, सेवाग्राही, कानूनविद्, संचारकर्मीहरु, विभिन्न सम्बद्ध संस्थाहरु, शेयरधनीहरु तथा कम्पनीका कर्मचारीहरु सबैलाई हार्दिक धन्यबाद व्यक्त गरेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend