बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

ट्राईनोक्स एडेसिभ लिमिटेडले नेपाली बजारमा ल्याएको ‘साटो’ का ब्राण्ड प्रतिनिधिमा मनोज गजुरेल

ट्राईनोक्स एडेसिभ लिमिटेडले नेपाली बजारमा ल्याएको ‘साटो’ का ब्राण्ड प्रतिनिधिमा मनोज गजुरेल

१२ कार्तिक ,काठमाडौं । विश्व बजारमा उपभोक्ताको विश्वास जित्न सफल टास्ने र जोडने काममा प्रयोग हुने साटो पहिलोपटक औपचारिक रुपमा नेपाली बजारमा आएको छ। नेपालका लागि यसको आधिकारिक विक्रेता ट्राईनोक्स एडेसिभ प्राइभेट लिमिटेडले आईतबार (११ कार्तिक ) काठमाडौंमा एक कार्यक्रम गरी साटोलाई सार्वजनिक गरेको हो।

कम्पनीले आफ्‌नो ब्राण्ड एम्बासेडरमा बरिष्ठ हास्यव्यंग्य कलाकार मनोज गजुरेललाई नियुक्त समेत गरेको छ ।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सञ्जय सिंघानीयाले विश्वभरका ग्राहकहरूको मन जित्दै छोटो समयमै लोकप्रिय भएको साटो ब्राण्डले नेपाली उपभोक्तको पनि विश्वास जित्न सफल हुने दाबी गर्नुभयो ।

भारत, चीन, हङकङ, कतार, दुबई र हाल नेपालसम्म आफ्‌नो बजार विस्तार गरेको साटो विश्वसनीयता र स्थायीत्वको प्रतिमूर्ति बन्न सफल भएको कम्पनीका निर्देशक एवंम प्रमुख कार्यकारी अधिकृत सुजीत मधीगोरियाले बताउनुभयो ।

अत्याधुनिक उत्पादन एकाइहरू र उच्चस्तरीय प्रविधिको प्रयोग गर्दै, साटोले मिक्सिंग, ब्लेन्डिंग, र प्याकेजिङका लागि स्वचालित प्रणालीको प्रयोगबाट गुणस्तरीय उत्पादन गर्दै आएको छ। अनुसन्धान र विकास (R&D) को क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै, साटोले टास्न प्रयोग हुने उत्पादनहरूको आविष्कार र सुधारमा निरन्तर काम गरिरहेको छ ।

साटोको उत्पादन श्रृंखलामा ARCYLO, XTREME, OCEAN, ELITE, / DELUXE जस्ता उच्च गुणस्तरीय बुड एडहेसिवहरू रहेका छन् । यी उत्पादनहरू विशेष रूपमा टिकाउ, जलप्रतिरोधी र सहज प्रयोगका लागि डिजाइन गरिएका छन्, जसले विभिन्न प्रकारका सामग्रीहरूलाई मजबुत र दीर्घकालीन बनाउछ । साटो उत्पादनहरूको विशेषताहरूमा क्रसलिनिङ टेक्नोलोजी, २ प्रतिशत अतिरिक्त ठोस सामग्री, उच्च कभरेज, छिटो सेटिङ समय, र डी ३ वाटरपुफ्र समावेश गरिएको छ ।

आफ्‌ना सामाग्रीको उत्पादन र बजरीकरणसम्मको क्रममा गुणस्तरमा कुनै सम्झौता नगर्ने कम्पनीको दाबी छ । आइएसओ प्रमाणपत्र समेत पाइसकेको साटोले युरोपियन स्टान्डर्ड २०२१ जस्ता प्रमाणपत्रहरू पनि प्राप्त गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend