बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

अपि पावरमा नयाँ संचालक समिति; खुद मुनाफामा ९१४% को वृद्धि

अपि पावरमा नयाँ संचालक समिति; खुद मुनाफामा ९१४% को वृद्धि

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले एक्काइसौं वार्षिक साधारणसभा सम्पन्न गर्दै पाँच प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गरेको छ। आइतबार (११कार्तिक ) को साधारणसभाबाट  कम्पनीले शेयरधनीहरुलाई आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको जगेडाकोष र शेयर प्रिमियममा रहेको चुक्तापूँजीको ९.५१३५ प्रतिशतबाट ५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश प्रदान गरेको हो।

कम्पनीका अध्यक्ष सिर्जना खड्काको अध्यक्षतामा  काठमाडौंमा सम्पन्न उक्त साधारणसभाले कम्पनीका सेयरधनीबाट १ महिला सहित ४ जना संचालकमा सिर्जना खड्का, संजिव न्यौपाने, मधुसूदन कोइराला र द्वारिका प्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै एक स्वतन्त्र संचालक नियुक्त भएका छन् ।

सभाले समीक्षा आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब लगायतका विषय र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पारित गरेको छ।

अपि पावरले जलविद्युत र सौर्य उर्जा आयोजनाहरुको निर्माण गरि संचालन गर्ने र अन्य मूनाफादायी आयोजनामा लगानी गरेको छ। ८.५ मेगावाटको नौगढ गाढ जलविद्युत आयोजनाबाट शुरु गरेको यस कम्पनीले आजको मितिसम्म आईपुग्दा ६२.५ मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेको छ।

समीक्षा आ. व. मा कम्पनीले विद्युत बिक्रीबाट रु. ४४ करोड ८७ लाख खुद मुनाफा गरेको जनाएको छ। यो गत वर्षको तुलनामा ९१४ प्रतिशतको वृद्धि हो।

साधारण सभामा अपि पावरले सहायक कम्पनी अपि इन्फ्रा लिमिटेड कम्पनीमा १०० प्रतिशत सेयर स्वामित्व रहने गरी लगानी गर्ने प्रस्ताव स्वीकृत गरिएको छ। उक्त कम्पनीले ललितपुरको झम्सिखेलमा अवस्थित ४३ इकाई सहितको ९ तल्ले आवासीय भवन  बनाउन कार्य अगाडी बढाइसकेको छ।

यस बाहेक अपि पावरको बहुमत सेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गर्ने न्वागाड साना जलविद्युत आयोजना (९.७ मे.व.) निर्माण गर्ने प्रस्ताव पनि सभाले  पारित गरेको छ। अपि पावर कम्पनी लिमिटेडले  सुदुर पश्चिम प्रदेशमा रहेको  दार्चुला पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना (२८.३ मे.वा.) निर्माण गर्ने प्रस्ताव पनि सभाबाट अनुमोदन गराएको छ।

त्यस्तै , अपिको बहुमत लगानी रहेको सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड कम्पनीमा लगानी गरि माथिल्लो तादी खोला जलविद्युत आयोजना( ९११ मे.वा.) को निर्माण अन्तिम चरणमा रहेको र उक्त लगानी अनुमोदन गर्ने प्रस्ताव सभाले अनुमोदन गरिसकेको छ। सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले कार्तिक २ गते एक दिनका लागि सेयरको दर्ता किताब बन्द गरेको थियो। त्यसैले  कार्तिक १ गते सम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्नेछन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend