१० कात्तिक, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकास र सम्वृद्धिमा प्रयोग गर्न आग्रह गर्नु भएको छ ।
अध्यक्ष ढकालले गैरआवासीय नेपाली सङ्घ अमेरिकाद्धारा वासिङ्टनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा लगानीका अनगिन्ती सम्भावना रहेका र अहिले लगानीको वातावरण पनि रहेकाले आफ्नो मातृभूमिमा लगानी भित्र्याउन आग्रह गर्नु भएको हो ।
उहाँले संसारका कैयौँ देशमा रहेर गैरआवासीय नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप तथा पुँजीको ठूलो महत्व रहेको बताउनु भयो । त्यसैले त्यसको केही प्रतिशत छुट्याएर नेपालमा लगानी गर्नसके गैरआवासीय नेपाली तथा नेपालकै लागि फाइदा पुग्ने उहाँको भनाई थियो।
अध्यक्ष ढकालले नेपालमा अहिले जलविद्युत, पर्यटन, हस्पिटालिटी, सूचना प्रविधि तथा अन्य पूर्वाधारका क्षेत्रमा लगानीका सम्भावनाहरू रहेका उल्लेख गर्नु भयो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend