बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

व्यावसायिक तथा औद्योगिक वातावरण सिर्जनामा अर्थ मन्त्रालय केन्द्रित हुने

व्यावसायिक तथा औद्योगिक वातावरण सिर्जनामा अर्थ मन्त्रालय केन्द्रित हुने

४ कार्तिक , काठमाडौं । देशमा  व्यावसायिक तथा  औद्योगिक वातावरण सिर्जना गर्नको लागि  अर्थ मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ ।

अर्थ मन्त्रालयमा आइतबार (४ कार्तिक ) बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पुँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक तथा औद्योगिक वातावरण सहज बनाउन केन्द्रित हुने बताए । उनले राजस्व सङ्कलन र पुँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन निर्देशन दिए ।

राजस्व सचिव दिनेशकुमार घिमिरेले मुलुकमा थप व्यावसायिक र औद्योगिक वातावरण बने राजस्वमा समेत सकारात्मक प्रभाव पर्ने बताए ।

त्यस्तै ,बैठकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बाढीपहिरोबाट पुगेको क्षतिको पुनःनिर्माणका लागि स्रोत व्यवस्थापनमा समस्या नभएको जानकारी गराएका थिए । बैठकमा मन्त्रालयका उच्च पदस्थ अधिकारीको पनि सहभागिता थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend