४ कात्तिक, काठमाडौं । सुनको मूल्य आज पनि वृद्धि भएको छ। बढेको सुनको मूल्यले आज फेरि हालसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको हो। तीन दिनसम्म लगातार सुनको मूल्य वृद्धि भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो। शुक्रबारको मूल्यमा ६ सय वृद्धि भएर सुन तोलामा १ लाख ६५ हजार पुगेको महासंघले जनाएको छ।
शुक्रबार सुन तोलको एक लाख ६४ हजार चारसय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि आज बढेको छ। तोलामा एकैदिन ९५ रुपैयाँ बढेर चाँदी आज दुई हजार ७५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य तोलाको एक हजार नौसय ८० रुपैयाँ थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend