बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

कामना सेवा विकास बैंकको १२% लाभांश वितरण गर्ने प्रस्ताव पारित

कामना सेवा विकास बैंकको १२% लाभांश वितरण गर्ने प्रस्ताव पारित

३० असोज , काठमाडौं । कामना सेवा विकास बैंकको १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव बुधबार (३० असोज ) सम्पन्न वार्षिक साधारणसभाबाट पारित भएको छ ।सभा, लिसारा रिसेप्सन भगवतीबहाल, नक्साल काठमाडौंमा सम्पन्न भएको थियो ।

बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा सम्पन्न भएको वार्षिक साधारण सभाले ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी जम्मा १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै, साधारण सभाले १०० रुपैयाँको दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुनेगरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरी प्राथमिक पुँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने लगायतका प्रस्ताव समेत पारित गरेको छ ।

बोनस शेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको थियो । त्यस्तै, १०० रुपियाँ दरले ३५ करोड रुपियाँबराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुने गरी अविमोच्य असञ्चित अग्राधिकार शेयर जारी गरी प्राथमिक पुँजी वृद्धि गर्ने प्रस्ताव रहेको थियो।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायत विवरणमा छलफल  तथा चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने काम पनि सम्पन्न गरेको छ ।

बैंकले लाभांश तथा साधारण सभा प्रयोजनका लागि असोज १५ गते बुक क्लोज गरेको थियो। त्यसैले असोज १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend