बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

पशुपती रेन्यूएवल्स लिमिटेडको दोश्रो वार्षिक साधारणसभा सम्पन्न

पशुपती रेन्यूएवल्स लिमिटेडको दोश्रो वार्षिक साधारणसभा सम्पन्न

२३ असोज ,काठमाडौं ।  पशुपती रेन्यूएवल्स लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ।  कम्पनीका अध्यक्ष डा. संदिप शाहको अध्यक्षतामा मंगलबार( २२ असोज ) नक्साल, काठमाडौंमा सम्पन्न सो साधारण सभाले कम्पनीको संचालक  समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल र सुझाव सहित पारित  गरेको छ।

त्यसैगरी, साधारणसभाले लेखापरिक्षकको प्रतिवेदन सहित  २०८०/०८१ को वित्तीय  विवरण , नयाँ संचालक सदस्यको चयन, आव २०८१/०८२ को लागि  लेखापरीक्षक नियुक्ति  र निजको पारिश्रमिक तोक्ने लगायतका वििषय पारित गरेको छ।

हाल  कुल स्वपूँजी रु. ७२ करोड रहेको सो कम्पनीले अर्को वित्तीय संस्थासङ्ग  रु. १ अर्ब ३२ करोड ६० लाख रुपैयाँ कर्जा सुबिधाहरु लिने सम्झौता गरि आयोजना अगाडी बढाएको जनाएको छ।

कम्पनीले पहिलो र दोश्रो ठेक्का सम्झौता गरि हाल सम्मको को भौतिक प्रगती ४३.९७ प्रतिशतको भएको र १५ प्रतिशत खर्च भएको जनाएको छ। पहिलो आयोजना अन्तर्गत  आगामी पौष तथा दोश्रो आयोजना अन्तर्गत  चैतमा विद्युत उत्पादन गर्ने लक्ष्य  रहेको जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend