१६ असोज , काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २४औं वार्षिक साधारणसभाले कम्पनीले प्रस्ताव गरेको १४.७३६८% लाभांश प्रस्ताव अनुमोदन गरेको छ ।
कम्पनीले सेयरधनीलाई ४ प्रतिशतले बोनस सेयर र १०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको थियो ।कम्पनीले हालको चुक्ता पूँजी रु. ५७,२०,६४,७००/- को ४% ले हुने रकम रु. २,२८,८२,६००/- बोनस शेयर प्रदान गरेको हो।
कम्पनीका अध्यक्ष हरि प्रसाद पाण्डेको सभापतित्वमा बुधबार (१६असोज ) नयाँ बानेश्वर , काठमाडौंमा सम्पन्न सभाले कम्पनीको हालको जारी पूँजी वृद्धि गरि रु.५९,४९,४७,३००/- पुर्याउने विशेष प्रस्ताव समेत पारित गरेको छ।
साथै, सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब लगायतका विषय र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छलफल र सुझावसहित पारित गरेको छ।
कम्पनीले पोखरा महानगरपालिका स्थित विजयपुर खोलामा ४.५ मेगावाटको साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरि मिति २०६९ भदौ ५ गतेदेखि व्यापारीक उत्पादन गरिरहेको छ। समीक्षा आर्थिक वर्षमा विद्युत बिक्री लगायत बाट कम्पनीले रु. १४३,१३५,९१६/४९ आम्दानी गरेको जनाएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २ गते बुक क्लोज गरेको थियो ।त्यसैले , भदौ ३० गतेसम्म कायम रहेका शेयरधनीले लाभांश पाउन र सभामा सहभागिता जनाएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend