बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

माण्डु हाइड्रोपावरको १२% नगद लाभांश अनुमोदित

माण्डु हाइड्रोपावरको १२% नगद लाभांश अनुमोदित

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको १३औं वार्षिक साधारणसभाले कम्पनीले प्रस्ताव गरेको १२% नगद  लाभांश अनुमोदन गरेको छ। कम्पनीका अध्यक्ष रविन्द्र लाल श्रेष्ठको सभापतित्वमा  सोमबार  (असोज १४ गते) नेपा ब्यांकेट, नयाँ बजार, काठमाडौंमा सम्पन्न सभामा यही असोज ११ र १२ गतेको अविरल भारी वर्षाको कारण यस  कम्पनीबाट संचालित २२ मेगावाटको  बागमती साना जलविद्युत आयोजनामा पुगेको क्षतिबारे शेयर सदस्यहरुलाई जानकारी दिइएको थियो ।

सभाले गत वर्षको नाफाबाट कम्पनीको हालको चुक्ता पूँजी रु. १,३६,३६,३७,०००/- को  शेयरधनीलाई करसहित १२ प्रतिशतले हुन आउने रु. १६३,६३६,४४०/-  नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। साथै, सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ भने आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते सोमबार बुक क्लोज गरेको थियो ।त्यसैले , भदौ ३० गतेसम्म कायम रहेका शेयरधनीले लाभांश पाउन र सभामा सहभागिता जनाएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend