शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

चन्द्रागिरि बचत तथा ऋण सहकारीको २२औं वार्षिक साधारणसभा सम्पन्न

चन्द्रागिरि बचत तथा ऋण सहकारीको २२औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारण सभासम्पन्न भएको छ। संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरको सभापतित्व र बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको प्रमुख आतिथ्यमा यही असोज २७ गते उक्त साधारणसभा सम्पन्न भएको हो ।

२२औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले चन्द्रागिरि सहकारीको सदस्य सेवा उत्कृष्ट रहेको बताएका छन । सहकारी क्षेत्रमा विद्यमान विषम परिस्थितिका बिच चन्द्रागिरि साकोसले सफलता हासिल गरिरहेको बताउदै मन्त्री महर्जनले चन्द्रागिरि देशकै उत्कृष्ट सहकारी भएको बताए ।

साधारण सभाले विभिन्न ५ ईकाइ सभाहरुबाट पारित भई आएका विभिन्न १३ वटा कार्यसूचीहरुको निर्णयहरु प्रमाणित गरेको छ ।

साधारण सभामा संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुंवरले आ.व. २०७९/०८०बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको अवस्था प्रस्तुत गरेका थिए । समिक्षा आर्थिक वर्षमा संस्थामा १७ हजार ६ सय ४० जना सदस्य रहेका र शेयर पुँजी रु. १९ करोड १२ लाख, कुल बचत पुँजी २ अर्ब ६७ करोड ६० लाख , ऋण लगानी २ अर्ब १२ करोड ८४ लाख र संस्थागत पुँजी रु. १० करोड ५० लाख रहेको छ ।

बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कुंवरले आम समुदाय र सदस्यहरुको विश्वासका कारण संकटको घडिमा पनि चन्द्रागिरिले सफलता हासिल गरेको बताए । कुनैपनि बेला ऋण लगानी नरोकिएको बताउदै आफ्नो योजना अनुसार संस्था अघि बढेको अध्यक्ष कुँवरको भनाई थियो ।

लेखा सुपरिवेक्षण समितिका संयोजक भानुप्रकाश ढकालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन मार्फत अघिल्लो साधारण सभाको निर्णयहरूको कार्यान्वयनको अवस्था, आ.व. २०७९/०८० मा बसेको बैठक संख्या निणर्यहरू र निर्णयहरूको कार्यान्वयनको अवस्था, ऋण लगानीको प्रक्रिया, ऋण वापतको सुरक्षण वा धितो सम्बन्धी व्यवस्था र सहकारी विभागबाट जारी गरिएका मापदण्डहरूको पालनाको अवस्थाका समिक्षाको साथै लेखा सुपरिवेक्षण समितिको सुझावहरु प्रस्तुत गरेका थिए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले आगामी बर्षका लागि कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै संस्थाले सदस्यहरुको आवश्यकता बमोजिम सिर्जनशिल कार्यक्रम समावेश गरेको बताए । सदस्य र समुदायको विश्वास र मायाकै कारण आजको अवस्था सम्म आइपुगेको बताउदै श्रेष्ठले आगामि दिनमा पनि संस्थाले योजनाबद्ध रणनीति बमोजिम काम गर्दै जाने बताए ।

उक्त साधारण सभामा पि.विनय एण्ड एसोसिएट्सका चार्टर्ड एकाउन्टेटको तर्फबाट नेपाल वित्तीय प्रतिवेदन मान(एन.एफ.आर.एस) मा आधारित लेखापरीक्षण प्रतिवेदन समेत पेश गरिएको थियो । साधारण सभाले विभिन्न ५ ईकाइ सभाहरुबाट पारित भई आएका विभिन्न १३ वटा कार्यसूचीहरुको निर्णयहरु प्रमाणित गरेको छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेड, सहकारी बैंक लगायत चन्द्रागिरि भित्र कार्यक्षेत्र बनाइ क्रियाशिल भइरहेका संस्थाका प्रतिनिधिहरुले चन्द्रागिरिको सफलतामा आफुहरु खुसी भएको बताएका थिए ।

साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठलाई विगत २४ वर्ष देखि साकोस अभियानमा क्रियाशिल रही सहकारीको छवीलाई अन्तराष्ट्रिय स्तर सम्म पु¥याउन गर्नुभएको योगदान र देशभरीको साकोसहरुको व्यवस्थापकहरु मध्येबाट उत्कृष्ट व्यवस्थापक (प्रमुख कार्यकारी अधिकृत) को रुपमा पुरस्कृत हुने घोषण भएकोमा संस्थाले अभिनन्दन गरेको थियो । यस्तै बर्षको उत्कृष्ट कर्मचारीको रुपमा ओसन तण्डुकार र लगनशिल कर्मचारीको रुपमा रामकृष्ण भण्डारीलाई पुरस्कृत गरिएको छ । साधारण सभामै बर्षभरीका उत्कृष्ट सदस्यको रुपमा सदस्यहरु इन्दीरा लामा र नकुल बस्नेतलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend