काठमाडौं । वैदेशिक रोजगारीका लागि पछिल्लो एक वर्षमा नेपालबाट सबैभन्दा धेरै कामदार विदेश पठाउने कम्पनीमा ‘द रिभर ओभरसिज’ पहिलो बनेको छ । यसअघि पनि रिभरले नै नेपालबाट विभिन्न देशमा सबैभन्दा धेरै मेनपावर सप्लाइ गरेको थियो ।

वैदेशिक रोजगारीको लागि एक वर्षमा १ हजार ५ सयभन्दा बढी कामदार विदेश पठाउने ५० म्यानपावर कम्पनीमध्ये द रिभर ओभरसिज पहिलो स्थानमा रहेको हो । सन २००३ मा स्थापना भएको बत्तिसपुतलीस्थित द रिभर ओभरसिजले सबैभन्दा बढी ५ हजार ६४६ कामदारलाई श्रम स्वीकृतिबाट विदेश पठाएको छ । यसका सञ्चालक रघु पुरी हुन् । त्यस्तै , वैदेशिक रोजगारमा बढी कामदार पठाउनेमा इन्टरनेशनल मेनपावर कम्पनी दोस्रो नम्बरमा रहेको छ।
वैदेशिक रोजगार क्षेत्रमा विगत एक दशकदेखि सबैभन्दा धेरै कामदारलाई तालिम दिएर पठाइरहेका पुरीको कम्पनीले ५ वर्षदेखि लगातार पहिलो रेकर्ड बनाएको छ । उनले मध्यपूर्व र मलेसियालगायतका देशमा कामदार पठाउँछन् ।
दोस्रो स्थानमा रहेको वाइबी राईको इन्टरनेसनल म्यानपावर रिक्रुमेन्ट प्रा.लिले ५हजार ३ सय ३५ जनाको संस्थागत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि पठाएको छ । तेस्रो नम्बरमा रहेको नलिकमल ह्युमन रिसोर्स प्रालिले ४ हजार २३७ जना कामदार पठाएको छ भने चौथोमा मोन्टाज र पाँचौंमा एक्सेस पार्टर्नर्स रहेका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार १४ सय ७३ देखि ५५ सयसम्मको संख्या पठाउने मेनपावर ५० वटा छन् । त्यस्तै, एसओएस म्यानपावर सर्भिस प्रा.लि.ले ३ हजार ४ सय ५७, मोन्टाज ओभरसिज प्रा.लिले ३ हजार ६ सय ४९, मेरिडियन ओभरसिज प्रा.लि.ले ३ हजार ३ सय ७८, मास ह्युमन रिसोर्स प्रा.लि.ले ३ हजार १ सय ७९ जना वैदेशिक रोजगारीमा पठाएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend