शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

माछापुच्छ्रे क्यापिटल लिमिटेडको चौथो साधारणसभा सम्पन्न; अग्रणी मर्चेन्ट बैंक बन्ने अध्यक्ष न्यौपानेको विश्वास

माछापुच्छ्रे क्यापिटल लिमिटेडको चौथो साधारणसभा सम्पन्न; अग्रणी मर्चेन्ट बैंक बन्ने अध्यक्ष न्यौपानेको विश्वास

१३ कार्तिक ,काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्वमा यही कार्तिक १३गते सोमबार उक्त साधारणसभा सम्पन्न भएको हो।

साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।

सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।

समिक्षा आ.व. २०७९/०८० मा संस्थाको शेयर पूँजी २८ करोड ६३लाख ३९ हजार ५ सय पुगेको छ । कूल सम्पत्ति रु.३२ करोड ६२ लाख ९ हजार ५७८ रहेको संस्थाको खुद नाफा यस आ.व.मा ८७ लाख १७ हजार ६६६ रहेको छ।

कम्पनी स्थापनाको चौथो वार्षिक साधारण सभासम्म आईपुग्दा संस्थाले २०७७/१०/०२  गतेबाट साविकको कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्स् लिमिटेडलाई गाभेर संयुक्त कारोबारको शुभारम्भ गरेको थियो । क्यापिटलले हाल नेपाल धितोपत्र बोर्डबाट धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको स्विकृति पाएर ग्राहकहरुलाई निरन्तर सेवा दिइराखेको छ । हाल मुख्य कम्पनी माछापुच्छे बैंक लि.ले सामूहिक लगानी कोष र कोष प्रवर्द्धकको इजाजत प्राप्त गरिसकेको र कोष सुपरिवेक्षहरुको नियुक्तीको समेत स्विकृति प्राप्त गरिसकेको छ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले योजना व्यवस्थापक तथा डिपोजिटरीको अनुमतीको लागि पनि प्रक्रियारत रहेको जनाएको छ ।

यसका साथै अन्य इजाजत प्राप्त हुन बाँकी रहेका शेयर रजिष्ट्रार सेवा, निष्काशन तथा विक्री प्रबन्धक सेवाको इजाजत प्राप्त गर्ने कार्य पनि प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । प्रक्रियामा रहेका सम्पूर्ण लाइसेन्सहरु प्राप्त गरे पश्चात माछापुच्छ्रे क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ क्षेत्रमा उल्लेख्य सुधार गरी अग्रणी मर्चेन्ट बैंक बन्ने बाटोमा अघि बढ्ने विश्वास अध्यक्ष न्यौपानेले साधारणसभामा व्यक्त गरेका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend