काठमाडौँ, कार्तिक ८ गते । एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचाररत ९४ वर्षीय श्रेष्ठको मंगलबार बेलुकी निधन भएको हो। श्रेष्ठ एभरेष्ट बैंकमा २६ वर्षदेखि अध्यक्षको रूपमा रहेका थिए।
गत ३० असोजमा बसेको बैंकको २९औं वार्षिक साधारण सभाले पनि श्रेष्ठलाई नै अध्यक्षको रूपमा चयन गरेको थियो। ललितपुरमा जन्मिएका श्रेष्ठले अमेरिकाबाट एमबीए गरेका हुन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend