५ कार्तिक,काठमाडौं । निर्वाचनबाट अध्यक्षमा पराजित भएपछि आरके शर्मा र महेश कुमार श्रेष्ठले गैरआवासीय नेपाली संघ(एनआरएनए) विभाजन गरेका छन । ११औं महाधिवेशनबाट डा. बद्री केसीसहितको टीम विजयी भएपछि पराजित समूहले समानान्तर कार्यसमिति घोषणा गरेको छ ।
असोज ३० गतेबाट काठमाडौंमा जारी महाधिवेशनले शर्माको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन गरेको भन्दै विज्ञप्ति जारी गरिएको छ ।
२० अक्टोबर २०२३ मध्य राती घोषित निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण देखिएपछि नयाँ प्रक्रियामार्फत अध्यक्षमा शर्मालाई चयन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
पराजित पक्षले नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. केशव पौडेललाई चयन गरेको छ । उनी निर्वाचनमा विजयीसमेत भएका थिए । तर संस्थापन पक्षबाट उपाध्यक्ष बन्न अस्वीकार गर्दै पराजित समूहतिर लागेका हुन् । प्राविधक त्रुटीले पौडेलको काठमाडौंमा शून्य मत देखिएपछि बबण्डर सुरू भएको थियो ।
अन्य उपाध्यक्षमा खगेन्द्र न्यौपाने, राज रेग्मी, नारायण आचार्य, सुनिल शाह, गङ्गाधर गौतम, गोबिन्द श्रेष्ठ ञरोविनझ चयन गरिएको छ ।
त्यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा अबदुल वासिद चयन गरिएको जनाइएको छ । बुद्धिसागर सुवेदी पराजित समूहको नयाँ महासचिव बनेका छन् ।
उपमहासचिवमा सोम सापकोटा, प्रबिन गुरुङ र प्रमोद सिटौला छन् भने सचिबमा कृष्ण गिरी, लोक दाहाल, दयानिधी सापकोटा, टन्क गैरे, केपी सिटौला, स्वतन्त्र प्रताप सिंह, मनोज गोर्खाली, भीम केसी कमल, राजेन्द्र पुडासैनी चयन भएका छन् । महिला सचिव बिमला सापकोटा चयन भएकी छन् ।
कोषाध्यक्षमा ठाकुर प्रसाद ढुङ्गाना र सह कोषाध्यक्ष तिलक गैरे, कृष्णा तिमल्सीना, मोहम्मद मुस्तफा साथै महिला सहकोषाध्यक्षमा तृष्णा शर्मालाई राखिएको छ ।
निर्वाचन समित पनि नयाँ बनाएर संयोजक दुर्गा आचार्यले कथित पदाधिकारीहरुलाई शपथ दिलाएका थिए। यो टीमलाई निवर्तमान अध्यक्षद्वय कुल आचार्य तथा रबिना थापाको समर्थन छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend