काठमाडौं, कार्तिक ३ गते । मोतीराज खनाल विगत लामो समयदेखी कलाकारिता क्षेत्र र गीत सङ्गीत क्षत्रका पुराना गायक तथा सर्जक हुन् । उनले नेपाली साङ्गितक बजारमा २ दर्जन भन्दा बढी नेपाली मौलिकता झल्काउने गीतमा स्वर दिसकेका छन भने दर्जनौँ गीतमा सङ्गीत भरेका छन् । त्यति मात्र नभएर थुप्रै टेलिसिरीयल र सर्ट भिडियो र गाइजात्रामा पनि अभिनय गरिसकेका छन उनै कलाकार खनाललाइ हामिले हाम्रो स्टुडियोमा निमत्याएका छौ ।
विभिन्न किसिमका गीत र पुराना लोक भाका गाउँदै आएका खनालका “जुनिजुनी सँगै बाचौला, यो सन्देश पठाइदेउ , लाली गुराँस फूल्यो मायालु, सङ्गै सुते लाग्छ गोडामा , पैसाको बिटो, ऋण बढेर दोब्बर भइसक्यो, सम्झनाले हो, कान्छी कुटु कुटु खान्छ यो मुटु, क्या राम्म्री पुतली” सधै तमसा , आउ बस आडैमा , जम्काभेट लगायत दर्जनौँ गीत चर्चामा रहेका छन् भने कति गीतले इतिहास रच्न सफल भएका छन् । तेतिमात्र नभएर लोकप्रिय टेलिसिरियलहरु जस्तै आलु ु ब्राह मासे, छिमेकी जस्ता टिली सिरियल र सट भिडियोमा देखिँदै आएका मोतीराज खनाल सङ्ग खबर ब्रेकिङ डटकम मिडियामा गरेको कुराकानीलाई हामीले यस अंकमा प्रस्तुत गरेका छौं ।
तपाईको बाल्यकाल कसरी बित्यो यो गीत सङ्गीत क्षेत्रमा कसरी आउनु भयो ?
अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं।२ दमार भन्ने ठाँउमा २०३९ सालमा बुवा घनश्याम खनाल र माता चन्द्रकला खनालको कोख बाट जन्म भएको हो । गाउँघरमा उकाली ओराली घास दाउरा मेलापात गर्दै कहिले दुख त कहिले सुख गरी मेरो बाल्यकाल बित्यो गाउँबाट दुई घण्टा हिढेर स्कुल पुग्नु पर्थ्यो अहिलेको जस्तो त्यति सेवा सुविधा थिएन । हामिले गाउगरका साथिभाइ सङ्ग चाडबाडमा धेरै रमाइलो गर्थ्यौ
म यो गीत सङ्गीत क्षेत्रमा लाग्नको लागी प्रेरणा श्रोत घर परिवार नै हो । मेरो बुवा गाँउकै एक स्कुलमा पठाउनुहुन्थ्यो । मेरो बुवाले पनि निकै मिठो गीत गाउनुहुन्छ । मेरो बुवा लगायत गाउका अग्रज हरुले गाउमा सांस्कृतिक कार्यक्रम राख्नुहुन्थ्यो नाच्न गाउन सिकाउनु हुन्थ्यो अनि अनेकथरी नाटक देखाएर गाउमा घरमा रमाइको गर्नुहुन्थ्यो । आमाले पनी निकै मिठो गीत गाउनुहुन्थ्यो । आमा पहिले धेरै बिरामी पर्नुहुन्थ्यो बिरामी भएको बेला एकपटक तिजमा गीतबाटै बुवा र हामी छोराछोरीलाइ सम्झाउदै गीत गाउदा सान्टना छाएको थियो आफु धेरै बिरामी परेकोले उहाँलाई बाच्छु भन्ने नलागेरै होला निकै पिडादायी गीत गाउनुभयो त्यो गीत सुन्न नसकेर मैले रुदै गएर आमालाइ त्यो गीत नगाउन अनुरोध गरेको कुरा मनमा अझै ताजै छ । पछी भाउजुले बुटवलको आम्दा भन्ने अस्पतालमा लानुभयो त्यहाँ गएपछी आमाको रोग पत्ता लाग्यो आमालाइ पत्थरी परेर त्यस्तो भएको रहेछ पत्थरी पनि धेरै वर्ष देखीको पुरानो भएको हुनाले धेरै ठुलो रहेछ यहाँ उपचार असम्भव छ भनेपछी मेरो ठुलो दाइले र मेरो भान्जादाइ ठगिश्वर अधिकारीले बिर अस्पतालमा उपचार गराउनु भयो यति ठुलो पत्थरी पहिलो पटक निकालेको भनेर डक्टरले भनेको कुरा अहिले पनि दाइ र आमाले कुरा गरिरहनु हुन्छ ।मेरो दाइ डि । पी खनाल पनि कलाकार हुनुहुन्छ । उहाँले लोक दोहोरीको धेरै प्रतियोगिता जित्नुभएको छ । एल्बम पनि निकाल्नु भयो र ति एल्बम त्यतिबेला राम्रो चलेका थिए । मेरो दाइ काठमाडौं मै बस्नुहुन्थ्यो ।२०५९ सालमा धेरै सपना बोकेर म पनी काठमाडौं आए ।पढाइको शिलसिलामा काठमाडौं आएपछी आफूलाई सङ्गीत प्रति धेरै रुचि भएकाले काठमाडौंको आर आर क्याम्पसमा सङ्गीत विषय लिएर पढे यसको लागी मेरो दाजु डि पी खनाल गायक भएको हुनाले मेरो इच्छा बमोजिम उहाँले कलेजको बन्दबस्त सबै मिलाउनु भयो र आर आरमा पढ्न थाले । बुवा आमा दाइ भाउजु सबैजना गीत संगितमै रमाउने भएकोले पनि होला उहाँहरुकै प्रभाव पर्यो त्यसैले गीत संगित क्षत्रमा रुचि भयो जस्तो लाग्छ । आर आर क्याम्पसमा सङ्गीत विषय पढ्दै २०६२ सालमा पहिलो गीत रेकर्ड गरे त्यस गीत पश्चात निरन्तर गीत सङ्गीत क्षेत्रमा लागि परेको छु र अहिले मेरा दर्जनौँ गीत मेरा बजारमा छन् ।
तपाईलाई गाउँघरमा कसरी चिन्छन । पछिल्लो समय कस्तो महसुस गर्नु भएको छ ?
मलाइ मेरो जन्मठाउँ औधी प्यारो लाग्छ । मलाइ मेरा साथिभाइ सबैले राम्रो गरे हुन्थ्यो । प्रगति गरे हुन्थ्यो भन्ने लाग्छ । सबैको भलो चिताउछु र एकदुइजनाको स्वार्थको लागी भन्दापनी समग्र गाउको बिकाश र उन्नति कसरी गर्न सकिन्छ भन्ने कुरामा चिन्तित हुन्छु । मलाई गाँउ घरका बुवा आमा दाजु भाइ दिदी बहिनी र साथिभाई धेरैले सम्झनु हुन्छ माया गर्नुहुन्छ ।मेरो उन्नति प्रगतिमा खुशी ब्याक्त गर्नुहुन्छ म पनि दुख सुखमा सम्झन्छु । अहिले गायक तथा सर्जक संङ्गितकार भनेर धेरैले चिन्नुहुन्छ । गायक बनेकोमा राम्रो काम गरेकोमा भेटघाट हुदा खुशी ब्याक्त गर्नुहुन्छ । सबै बाट माया पाएको छु त्यसै कुराले गर्दा मन प्रसन्न हुन्छ ।हामी साथिभाइ मिलेर देउसी भैलो खेल्ने बिभिन्न मेला महोत्सवमा जानी रमाइलो गर्ने गरेका ति पुराना कुरा याद आउछ ।सबै साथिभाइ दौतारीको याद आउछ ।सबैलाइ सम्झन चाहन्छु ।
अहिले गाउँघर धेरै परिवर्तन भएको छ । बसाइँ सराइ ब्यापक हुदै गएको छ ।पहिलेजस्तो रमाइलो छैन हाम्रो गाउघर तर माया भने जन्मठाउकै लाग्ने रहेछ । मैले गाउने गीत पस्चिमेली लोक दोहोरी गीत हो । अलिअलि कमेडी गीतपनी गाउछु । गाउघरमा पनि सबै प्रकारका गीतहरू सुन्न थालिसकेका छन् । विशेष गरी हाम्रो तिर चाही पश्चिमेली गीतहरू धेरै जसो सुन्ने गर्दछ ।
तपाइलाई कस्तो खालको गीत गाउन र सङ्गीत भर्ना र मन पर्छ ?
गाउन त मैलै थुप्रै टेली सिरियल र टेली फिल्मको गीत गाएको र सङ्गीत भरेको छु तर मलाई वेदनाका गीतहरू एकदमै मन पर्छ । मैलै थुप्रै वेदनाको गीतहरू गाएको छु । मलाई वेदनाको गीत गाउन र सङ्गीत भर्ना एकदमै रुचि लाग्छ ।
तपाइले थुप्रै टेली सिरियल र टेली फिल्ममा अभिनय गर्दा थुप्रै व्यतिलाई श्रीमती बनाउनु भएको छ । त्यस्ता भिडियो तपाइको जीवन साथीले हेर्दा कस्तो प्रतिक्रिया दिनुहुन्छ ?
मेरो जीवन साथी पनि कलाकार नै हुन् बुझ्छिन् कलाकारको मर्म कलाकार भएपछि थुप्रै क्यारेक्टर गर्नुपर्छ । त्यसैले कलकारिता क्षेत्र भनेको कलाकारिता क्षेत्रमै सीमित हुन्छ मेरी जिवन साथीले पनी त्यसरीनै बुझेकी छिन र सबैजनाले त्यसरी नै बुझ्नुपर्छ ।
भोलीका दिनमा आउने नव प्रतिभाको लागि के भन्न चाहनुहुन्छ ?
यो क्षेत्र सबैको हो । आउनुस् । आफ्नो प्रतिभा देखाएर अगाडि बढ्नुस् । हामीबाट पनि आउने प्रतिभाहरुलाई साथ सयोग मिल्ने छ । यो क्षेत्रमा सङ्घर्ष गर्नुस् नहुने कुरा केही हुँदैन । हुन त यो गीत सङ्गीत क्षेत्र र कलाकारिता क्षेत्रमा कुन बेला कसको भाग्य चम्किन्छ । थाहाँ नै हुँदैन । आउनुस् अगाडि बढ्नुस् मेहनत गर्न नछोड्नुस् । यो संसारमा असम्भव भन्ने केही पनि छैन् ।
गीत संगितलाइ कसरी लिनुभएको छ ?
गीत संगितको दुखमा पनी र सुखमा पनि उत्तिकै महत्व छ । संगित एउटा यस्तो बिधा हो जस्को प्रभाव मानवजातिमा मात्र नभएर बिभिन्न जिवजन्तु र बोटबिरुवा सजिव बस्तुलाइ पनी प्रभाव पार्ने कुरा हामिले सुन्दै आएका छौ । गीत संगितले मानिसलाइ रुवाउछ पनी र हसाउछ पनी । गीत संगित गाएर सुनेर जसरी पनि आनन्द लिन सकिन्छ । धेरै तनाव ग्रस्त मानिसले गीत सुन्यो भने त्यसको तनाव कम हुदै जान्छ । धेरै गीत सङ्गीत सुन्नि मानिस डिप्रेसनमा जादैन । मनोरञ्जन र गीत सङ्गित अपरिहार्य चिज हो । जसरी हामिलाइ दाल भात तरकारी अचार दुध दही घ्यु जस्ता खानेकुरा हाम्रो सरीरलाइ आवस्यक छ गीत सङ्गित पनी त्यत्तिकै आवस्यक छ । स्वस्थ ,व्यास्त र मस्त रहन गीत सङ्गीत गाउन बजाउन र सुन्न सल्लाह दिन्छु ।
अन्त्यमा केही भन्न मन लागेको छकी ?
अन्त्यमा आउदै गरेको दशैं तिहार र छठ पर्वको पावन अवसरमा देश बिदेशमा रहनुहुने समस्त बुवा आमा दाजुभाइ, दिदी ,बहिनी , साथिभाइ इष्टमित्र नातेदार सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना व्याक्त गर्न चाहन्छु साथै अ्मेरिकामा जानुभएका बुवा (आमा आमाआमा(दाइभाउजु छोरा बुहारी र छोरीहरु त्यसै गरी कपिलवस्तु बस्ने दाइ भाउजु छोराछोरी र बुटवल बस्ने बहिनी ज्वाइ भान्जा भान्जी , ठुलीआमा दाइ भाउजुहरु भाइबुहारीहरु बहिनीहरु ज्वाइहरु मेरा गाउगरका र मलाइ चिन्नेजति सबैलाइ सम्झन चाहन्छु । सबैको दशैं हर्ष उल्लासमय बनोस । चाडबाड लाइ बिकृती र विसङ्गति तर्फ कसैले नलैजाउ आफ्नो ल्याकत अनुसार मनाउ अरुको देखासिकी नगरौ यति भन्दै मेरो मोतिराज खनाल नामको युटुव च्यानललाइ सस्क्राइब गरी बेल आइकन थिचेर मेरा गीत संगित हेरेर साथ दिनुहुन बिनम्र अनुरोध गर्दै बिदा हुन चाहन्छु ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend