३ कार्तिक ,काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एघारौं महाधिवेशनबाट अध्यक्ष पदमा डा बद्री केसी विजयी भएका छन् । अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
कार्तिक ३० गतेदेखि असोज २ गतेसम्म राजधानीको होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा केसी, श्रेष्ठ र शर्मा चुनावी मैदानमा थिए । अध्यक्ष पदमा रविना थापाले समेत उम्मेदवारी दिएपनि उनले आफ्नो उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाई समर्थन गरेकी थिइन् ।
अध्यक्ष निर्वाचित भएसँगै केसीका समर्थकहरुले होटल सोल्टी परिसरमा खुसीयाली मनाएका छन् । नयाँ नेतृत्व चयनका लागि बिहीबार बुधबार मध्यरातिदेखि बिहीबार मध्यरातीसम्म विश्वभरका गैरआवासीय नेपाली प्रतिनिधिहरुले अनलाइन मार्फत भोटिङ गरेका थिए भने काठमाडौम भेला भएका एनआरएनएहरुले सोल्टीबाटै बिहीबार दिनभर भोटिङ गरेका थिए । निर्वाचनमा तीन जनै उम्मेदवार प्यानलसहित खडा भएका थिए ।
अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठले भने संस्कारहिनता देखाउँदै निर्वाचन परिणाममा अनियमितता भएकोले अस्विकार गर्ने बताएका छन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend