काठमाडौं । गैरआवासीय नेपाली संघको हाल काठमाडौंमा जारी रहेको ११ औँ महाधिवेशनमा केशव पौडेलले अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन । अमेरिकाबाट एनआरएनए अभियानमा लामो समयदेखि जोडिएका पौडेलले गैरआवासीय नेपालीहरुको नागरिकता र एनआरएनए मन्त्रालय गठनको लागि वकालत गर्दै आएका छन ।

अमेरिका तथा नेपालमा विभिन्न सामाजिक कामको नेतृत्व कर्ता केशव पौडेल ‘समुन्नत नेपाल,सम्मानित गैर आवासीय नेपाली’ भन्ने आवाजलाई बुलन्द गर्न यस महाधिवेशनमा आँफू उपाध्यक्षको प्रत्यासी बनेको बताएका छन ।
उनले समुहबाट अध्यक्षका प्रत्यासी महेश श्रेष्ठ , महासचिवमा कृष्ण सुवेदी लगायत रहेका छन । नयाँ नेतृत्व चयनका निम्ति बिहीबार मतदान हुने एनआरएनएले जनाएको छ ।
उपाध्यक्षका प्रत्यासी पौडेल र गैरआवासीय नेपाली अभियानको लागि अध्यक्षका प्रत्यासी महेश श्रेष्ठ समुहका पाँच प्रतिबद्धताहरु यस्ता रहेका छन –
१. जन्मभूमिका नेपालीलाई कर्मभूमिका नेपालीको साथ
२. समुन्नत नेपालको संकल्प
३. अबको कार्यभार : एनआरएनएको हक, हित र अधिकार
४. संरचनात्मक सुधार र संस्थागत विकास
५. प्राथमिकतामा युवा, महिला तथा दोस्रो पुस्ता
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend