सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एनआरएनए ११औं महाधिवेशन; उपाध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी दर्ता

एनआरएनए ११औं महाधिवेशन; उपाध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघको ११औँ महाधिवेशनमा रोबिन शेरचनले अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन । विदेशमा अप्ठयारोमा परेकालाई सहयोग गर्न १० करोडको अक्षयकोष बनाउने र विदेशी कम्पनीहरुलाई नेपालमा लगानी गर्न पहल गर्ने घोषणा सहित शेरचनले उम्मेदवारी दर्ता गराएका छन ।

जापान तथा नेपालमा विभिन्न सामाजिक कामको नेतृत्व कर्ता शेरचन ‘समुन्नत नेपाल,सम्मानित गैर आवासीय नेपाली’ भन्ने आवाजलाई बुलन्द गर्न यस महाधिवेशनमा आँफू उपाध्यक्षको प्रत्यासी बनेको बताएका छन ।

उनले समुहबाट अध्यक्षका प्रत्यासी महेश श्रेष्ठ , महासचिवमा कृष्ण सुवेदी लगायत रहेका छन । नयाँ नेतृत्व चयनका निम्ति बिहीबार मतदान हुने एनआरएनएले जनाएको छ ।

उपाध्यक्षका उम्मेदवार शेरचनको र गैरआवासीय नेपाली अभियानको लागि अध्यक्षका प्रत्यासी महेश श्रेष्ठ समुहका पाँच प्रतिबद्धताहरु यस्ता रहेका छन –

१. जन्मभूमिका नेपालीलाई कर्मभूमिका नेपालीको साथ

२. समुन्नत नेपालको संकल्प

३. अबको कार्यभार : एनआरएनएको हक, हित र अधिकार

४. संरचनात्मक सुधार र संस्थागत विकास

५. प्राथमिकतामा युवा, महिला तथा दोस्रो पुस्ता

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend