सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गैरआवासीय नेपाली संघको सचिवमा कृष्ण जिबी पन्थको उम्मेदवारी दर्ता

गैरआवासीय नेपाली संघको सचिवमा कृष्ण जिबी पन्थको उम्मेदवारी दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघको ११ औँ महाधिवेशनमा कृष्ण जिबी पन्थले अन्तर्राष्ट्रिय समन्वय समितिको सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन । उनको प्रस्तावकमा जापानबाट राजेन्द्र जमरकट्टेल ,बेल्जियमबाट सन्तोष जोशी र समर्थकमा अमेरिकाबाट डा.अर्जुन बन्जाडे र अस्ट्रेलियाबाट पुरुषोत्तम सडौला रहेका छन ।

अमेरिका तथा नेपालमा विभिन्न सामाजिक कामको नेतृत्व कर्ता कृष्ण जिबी पन्थ ‘समुन्नत नेपाल,सम्मानित गैर आवासीय नेपाली’ भन्ने आवाजलाई बुलन्द गर्न यस महाधिवेशनमा आँफू सचिवको प्रत्यासी बनेको बताएका छन ।

उनले समुहबाट अध्यक्षका प्रत्यासी महेश श्रेष्ठ , महासचिवमा बुद्धि सागर सुवेदी लगायत रहेका छन । आज अर्थात असोज ३० गते मंगलबारदेखि शुरु भएको महाधिवेशनमा  नयाँ नेतृत्व चयनका निम्ति बिहीबार मतदान हुने एनआरएनएले जनाएको छ ।

गैरआवासीय नेपाली अभियानको लागि अध्यक्षका प्रत्यासी महेश श्रेष्ठ समुहका पाँच प्रतिबद्धताहरु यस्ता रहेका छन –

१. जन्मभूमिका नेपालीलाई कर्मभूमिका नेपालीको साथ

२. समुन्नत नेपालको संकल्प

३. अबको कार्यभार : एनआरएनएको हक, हित र अधिकार

४. संरचनात्मक सुधार र संस्थागत विकास

५. प्राथमिकतामा युवा, महिला तथा दोस्रो पुस्ता

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend