सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सबै गैरआवासीय नेपालीहरुले सहज ढंगले नेपाली नागरिकता पाउने उपेन्द्र महतोले गरे विश्वास व्यक्त

सबै गैरआवासीय नेपालीहरुले सहज ढंगले नेपाली नागरिकता पाउने उपेन्द्र महतोले गरे विश्वास व्यक्त

काठमाडौं, असोज ३०गते । गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नागरिकता प्राप्त भएसँगै आज वैधानिकता पाएको भन्दै खुसी व्यक्त गरेका छन । उनले देशलाई समृद्ध बनाउने अभियान सफल हुने बताए । उनले सबै गैरआवासीय नेपालीहरुले सहज ढंगले नेपाली नागरिकता पाउने विश्वास व्यक्त गरे ।

गैरआवासीय नागरिकता कागजको टुक्रा मात्र नभई मुटुको अंश बनेको भन्दै उनले भने, ‘प्रत्येक धड्कनमा गैरआवासीय नेपालीहरु नेपाल आमालाई कसरी समृद्ध बनाउन सकिन्छ, कसरी खुसी बनाउन सकिन्छ, कसरी शान्त बनाउन सकिन्छ भन्ने अभियानमा लागिरहने संकल्प गर्दछौं ।’

गैरआवासीय नेपालीहरु जुन देशमा बसे पनि हामी नेपाली नै हौं भन्ने भावबाट ओतप्रोत भएर आफ्नो देशलाई समृद्ध बनाउने अभियानमा लागेको उनले बताए । एनआरएनहरुलाई नागरिकता उपलब्ध गराउनका लागि पहल गरेको भन्दै प्रधानमन्त्री प्रचण्ड, नेपाल सरकार र प्रतिनिधि सभा सदस्यहरुप्रति उनले आभार प्रकट गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend