२९ असोज,काठमाडौं । महाराजगन्जस्थित मेधा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो दशौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष बलराम थापाको सभापतित्वमा यही असोज २९ गते सोमबार उक्त साधारणसभा सम्पन्न भएको हो।

साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।
सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।

यस आ.व. २०७९/०८० मा संस्थाको शेयर पूँजी १ करोड ४८ लाख ३९ हजार ९ सय पुगेको छ । संस्थाले आ.व. २०८०/ ०८१ को लागि शेयर पूँजी १ करोड ४८ लाख बाट बढाएर १ करोड ६० लाख पुयाउने लक्ष रहेको जनाएको छ ।
समिक्षा आर्थिक वर्षमा संस्थाको निक्षेप तर्फ ७ करोड ५३ लाख २५ हजार तथा कर्जा लगानी ९ करोड ७ लाख २५ हजार रहेको छ। यस वर्ष संस्थाको खुद नाफा १४ लाख ९६ हजार २ सय १० रहेको छ।
साधारणसभाले संस्थाको कार्यक्षेत्र का म न पा-३ बाट विस्तार गरेर काठमाडौं उपत्यकाभर बनाउने प्रस्ताव पारित गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend