२९ असोज ,काठमाडौं । नेपाल राष्ट्र बैङ्कले दशैंका लागि नयाँ नोट वितरण शुरु गरेको छ । असोज २९ गतेदेखि केन्द्रीय बैंकको बालुवाटारस्थित कार्यालयबाट नयाँ नोट वितरण शुरु गरेको हो ।
राष्ट्र बैङ्कमा नयाँ नोट लिनेहरुको चहलपहल बढेको छ। दशैंमा नयाँ नोटको विशेष महत्त्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । ५, १०, २० ५० १०० ५०० र १००० को नयाँ नोट साट्न पाईनेछ ।
राष्ट्र बैङ्कका अनुसार यस वर्ष प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध हुनेछ । यो पटक क्यूआर कोडबाट समेत पैसा साट्न सकिने व्यवस्था गरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend