शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

‘ॐ शिवपुरी’ साकोसको १५औं साधारणसभा सम्पन्न; संचालक समितिको चयन

‘ॐ शिवपुरी’ साकोसको १५औं साधारणसभा सम्पन्न; संचालक समितिको चयन

काठमाडौं । तारकेश्वर न.पा.-२, काभ्रेस्थलीस्थित ॐ शिवपुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष रविन्द्र के. सी. को अध्यक्षता र बागमती प्रदेश क्षेत्र न. ६ ख का सांसद अमन कुमार मास्केको प्रमुख आतिथ्यमा यही असोज २८ गते आइतबार सभा सम्पन्न भएको हो।

साधारणसभाले आगामी ४ वर्षको कार्यकालको लागि पुनः रविन्द्र के.सी. कै अध्यक्षतामा नयाँ संचालक समितिको निर्वाचन सम्पन्न गरेको छ । त्यससँगै , लेखा तथा सुपरिवेक्षण समितिको पनि निर्वाचन सम्पन्न भएको छ।

साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।

सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।

समिक्षा आर्थिक वर्षमा संस्थाको शेयर पूँजी १.२४ प्रतिशत ले वृद्धि भई रु.४,८४,३३,६००/- पुगेको छ। त्यस्तै , निक्षेप संकलन रु. ३४,३८,९२,९७२|९० तथा कर्जा लगानी रु. ४०,०७,६७,१८२|६० रहेको छ। यस आर्थिक वर्षमा खुद बचत रु. १,७६,३०,४८१|७५ रहेको सहकारीको कुल संस्थागत पूँजी रु. ४,९६,५१,१४७|५० रहेको छ।

संस्थाका अध्यक्ष रविन्द्र के. सी.ले जनसमुदायमा ‘ॐ शिवपुरी’  ब्रान्ड स्थापित भएको र सदस्य तथा पूँजी वृद्धि गरेर सहकारीलाई अब्बल र विशाल बनाउँदै लैजाने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend