शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

उमामहेश्वर साकोसको १३औं साधारणसभा सम्पन्न; १०% लाभांश प्रदान

उमामहेश्वर साकोसको १३औं साधारणसभा सम्पन्न; १०% लाभांश प्रदान

काठमाडौं । कीर्तिपुर मुख्य कार्यालय रहेको उमामहेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष जितेन्द्र महर्जनको अध्यक्षता र बागमती प्रदेश सरकारका संस्कृति , पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको प्रमुख आतिथ्यमा यही असोज २६ गते संस्थाको साधारणसभा सम्पन्न भएको हो।

सभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन , लेखा र सुपरीवेक्षण प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण कार्य सम्पन्न गरेको छ।

संस्थाले आर्थिक वर्ष २०७९/०८० को शेयर लाभांश कोषबाट सदस्यहरुलाई १० प्रतिशत नगद लाभांश प्रदान गरेको छ।

समिक्षा आर्थिक वर्षमा सहकारीको चुक्ता शेयर पूँजी रु. ७,४५,००,२००/- रहेको छ। यस वर्ष संस्थाको निक्षेप संकलन रु. ८३,०२,५४,७७०|७४ रहेको छ । कर्जा लगानी यस आ. व. मा रु.९२,६४,२४,९००|६२ रहेको छ। संस्थाको जगेडा कोषको रकम रु.६,८१९,६१०|५० रहेको छ। समिक्षा आर्थिक वर्षमा संस्थाको खुद बचत रु. १ करोड २४ लाख ८१ हजार ५ सय ९६ रहेकोे छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend