शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

औषधि उत्पादक संघमा नयाँ कार्यसमिति; अध्यक्षमा महेश प्रधान

औषधि उत्पादक संघमा नयाँ कार्यसमिति; अध्यक्षमा महेश प्रधान

२७ असोज , काठमाडौं । नेपाल औषधि उत्पादक संघको अध्यक्षमा  महेश प्रधान निर्वाचित भएका छन। असोज २६ गते शुक्रबार सम्पन्न संघको साधारणसभाले नयाँ संचालक समितिको चयन गर्दै प्रधानलाई अध्यक्षमा निर्वाचित गरेको हो। शुक्रबार भएको निर्वाचनपश्चात संघमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो।

 यसैगरी निवर्तमान अध्यक्षमा प्रज्वलजंङ पाण्डे रहेका छन्। संघको वरिष्ठ उपाध्यक्षमा प्रभात रुङगटा चयन भएका छन् भने उपाध्यक्षमा सन्तोष बराल चयन भएका छन्।
संघको महासचिवमा सुदर्शन खेगुली, कोषाध्यमा पृथ्वीराज भण्डारी(निजु) चयन भएका छन्। सदस्यहरुमा सुमितचन्द्र श्रेष्ठ, पंकज कुमार तिवारी, गिरिराज पाठक, दिपक तिक्डेवाल र शैलेश वैद्य चयन भएका छन्।

संको अध्यक्षमा विप्लव अधिकारीलाई पराजित गर्दै महेश प्रधान विजयी भएका हुन्। प्रधान ३६ मतसहित विजयी भएका  थिए भने उनका प्रतिस्पर्धी विप्लव अधिकारीले १७ मत पाए।

५३ जना प्रतिनिधिले मतदान गरेकोमा ४८ मत सदर भएको थियो। सदस्यहरुमा सुमित चन्द्र श्रेष्ठले ४७, प्रभात रुंगटाले ४६ मत, पंकजकुमार तिवारी ४५, पृथ्वी राजभण्डारी ४३ मत पाएका छन्। त्यस्तै सन्तोष बरालले ४१ मत, शैलेस वैद्य, सुदर्शन खगोली र गिरिराज पाठकले समान ३९ मत पाएर निर्वाचित भएका थिए। दीपक कुमार तिव्डेवालले ३८ मत पाएका थिए।

संघको विधान अनुसार निर्वाचित सदस्यहरुबाट पदाधिकारी चयन गरिएको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend