शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एक लाख कित्ता संस्थापक शेयर बिक्रि गर्दै इन्फिनिटी लघुवित्त

एक लाख कित्ता संस्थापक शेयर बिक्रि गर्दै इन्फिनिटी लघुवित्त

२७ असोज ,काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न संस्थापकको स्वामित्वमा रहेको करिब १ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।

केही संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न आवेदन पेश गरेकाले ९९ हजार ३७२ कित्ता सेयर बिक्रीमा राखिएको लघुवित्त संस्थाले जनाएको छ ।

लघुवित्तले उक्त सेयरको मूल्य प्रचलित नियमानुसार हुने बताएको छ । लघुवित्तको सेयर सर्वसाधारण जोकोही लगानीकर्ताले खरिद गर्न सक्ने छन् ।

यसअघि संस्थापक सेयरधनीहरुलाई मात्रै बिक्री गरिएकोमा आंशिक मात्रै बिक्री भएको लघुवित्तले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend