काठमाडौं । शिव श्री हाइड्रोपावरमा नयाँ संचालक समितिको चयन भएको छ। कम्पनीका अध्यक्ष बच्चु पौडेलको सभापतित्वमा यहि असोज २५ गते बिहीबार सम्पन्न साधारणसभाले पुनः पौडेलकै अध्यक्षतामा आठ सदस्यीय नयाँ संचालक समितिको निर्वाचन सम्पन्न गरेको हो।

नयाँ संचालक समितिमा संस्थापक समुहबाट अध्यक्ष पौडेलका साथै मन्जु कुमारी श्रेष्ठ , दिपक तुलाधर , विलभ राज गौतम , मन्दिप खनाल र राजन सुवाल रहेका छन। सर्वसाधारण समुहबाट माधव नेपाल र जगत राम सुकमनी रहेका छन ।
साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।
सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लास्थित माथिल्लो चाकु ए जलविद्युत आयोजना (२२.२ मे.वा.) आ.ब. २०७७/७८ मा निर्माण सम्पन्न भई मिति २०७८ साल जेष्ठ १ गते देखि व्यापारिक उत्पादन सुरु गरेको छ । यस आयोजनाको निर्माण लागत रु ५,१४८,१४६,६६४/- रहेको छ । आयोजनाको निर्माण अवधिमा बि.सं २०७१ को जुरेको पहिरो, बि.सं २०७२ को भुकम्प, विश्वब्यापी माहामारी कोभिड १९ तथा बि.स. २०७६ को बाढिका कारण आयोजना निर्माणमा अबरोध हुँदा निर्माण सामाग्रीको मुल्यमा भएको बृद्धि तथा बैक ब्याजमा बृद्धि हुँदा आयोजनाको लागत बढ्न गएको कम्पनीले जनाएको छ।
यस कम्पनीको आ.ब. २०७८ / ७९ मा विद्यतु बिकि बापत रु २३४,००२,९७८/- आम्दानी गरेकोमा आ.ब. २०७९/८० मा आम्दानीमा सुधार भइ रु. ३५२,०२६,३४६/- पुगेको छ। साथै, आगामि बर्षमा पि.पि.ए. अनुसारको आम्दानी गर्ने लक्ष्य रहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend