२६ असोज , काठमाडौं । गैरआवासीय नेपाली संघको आगामी १७-२० अक्टोवरमा हुने एघारौं केन्द्रीय महाधिवेशनमा कृष्ण जिबी पन्थले अन्तर्राष्ट्रिय समन्वय समितिको सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन ।
अध्यक्षका उम्मेदवार महेश कुमार श्रेष्ठको समुहबाट सचिवमा उम्मेदवारी दिएका पन्थले एन.आर.एन.ए. अभियानमा अमेरिकाको कार्यसमितिमा विगत लामो समय देखि विभिन्न पदमा रहि आफ्नो हरेक ज़िम्मेवारीलाई ईमानदारी र अत्यंत कुशलता पूर्वक सम्पन्नता गरेर आफुलाई अब्बल साबित गरेका छन । उनले गैरआवासीय नेपाली अभियानलाई अझै सुदृढ र एकतावद्व गर्नको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन।आफू भन्दा पनि संस्थाको हितलाई केन्द्रमा राखेर निःस्वार्थ भावनाले सामाजिक कार्यमा योगदान गर्ने आफ्नो उद्देश्य रहेको उनले स्पष्ट पारेका छन ।

गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा सचिव पदको उम्मेदवार रहेका पन्थले चुनावी अभियानलाई तीब्र बनाइरहेका छन । एनआरएन एक वृहत् अभियान भएकाले चुनाव केन्द्रित मात्र नभई समग्र नेपालीले जीत्ने गरि अगाडि बढाउनुपर्नेमा जोड दिन्छन । पन्थले यरोप हुँदै मध्यपूर्वको भ्रमण सम्पन्न गरिसकेका छन । सो क्रममा पन्थलाई गैर आवासीय नेपालीहरुबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको ऊनी बताउछन् ।

१०औं महाधिवेशन ताका विभाजित जस्तै बनेको एनआरएनएलाई एकताबद्ध बनाएर लैजान अहिले संस्थापक एवम पूर्वअध्यक्षहरुले समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन् । १०औं महाधिवेशनमा कार्यकारी पदमा अवसर पाएका पदाधिकारीहरुले यस पटक नदोहोर्याउन र संस्थालाई एकढिक्का बनाएर लैजानगरी संस्थापकहरुले आन्तरिक कसरत गरिरहेको बुझिएको छ । समय दिन सक्ने साथै निस्कंलकित व्यक्तिलाई नेतृत्वमा पुर्याउन उनीहरुको जोड छ ।
सचिवका उम्मेदवार पन्थ एनआरएन समुदाय लगायत विभिन्न देशमा रहेका नेपालीहरु माझ समन्वयात्मक भूमिका निर्वाह गर्ने अभियन्ताको रुपमा परिचित छन्।विश्वका विभिन्न ठाउँमा छरिका पुराना र नयाँ सबै एनआरएनहरुलाई जोडेर कार्यसमिति बनाउने प्रत्यासी पन्थ बताउँछन्।
हाल उम्मेदवारी दिएका उम्मेदवारहरु मध्ये एनआरएए उपाध्यक्ष महेश श्रेष्ठ सबैभन्दा अगाडि देखिएको एनआरएनए अभियन्ताहरुको बुझाई छ । उनको एजेण्डा, चुनावी अभियान अझै भन्नुपर्दा राष्ट्रिय समन्वय परिषदमा यसपाली डेमोक्रेटिक धारका व्यक्तिहरूको जीत बढी भएको र प्रतिनिधिको संख्या पनि डेमोक्रेटिक धारका व्यक्तिहरु बढी भएकाले आफ्नो जीत हुनेमा श्रेष्ठ आशावादी छन् किनभने उनी आफै नेपाली कांग्रेस निकट मानिन्छन्।
त्यसो त उनलाई अध्यक्ष कुल आचार्य लगायत पूर्व अध्यक्ष कुमार पन्त, जीवा लामिछाने लगायतको समर्थन रहेको छ त्यसोत हालसालै अर्का अध्यक्ष उम्मेदवार केशव पौडेलले आफू श्रेष्ठलाई अध्यक्ष ल्याउनको निमित्त समर्थन गरेका छन्। पौडेलले भने श्रेष्ठलाई समर्थन गर्दै अहिले उपाध्यक्षमा उम्मेद्बारी दिएका छन्।
श्रेष्ठ गैर आवसीय नेपाली संघका लामो समयदेखि सक्रिय रूपमा सामाजिक कार्य गर्दै आएका छन्। पर्वत घरभई हाल जापानलाई कर्मथलो बनाएका उनी हाल उपाध्यक्ष पदमा आसिन छन्।
श्रेष्ठले आफ्नो टीम थप शसक्त र बलियो बनाएका छन् । संस्थाको दोस्रो प्रभावशाली पद मानिएको महासचिबमा गंगाधर गौतमले वुद्धिसागर सुवेदीलाई समर्थन गरेपछि टीम महेशलाई महासचिब पद व्यवस्थापन सहज भएको छ । गौतम पनि महेश पक्ष बाट उपाध्यक्षमा उम्मेद्बारी दिएका छन्।
त्यस्तै उपाध्यक्ष पदमा बलिया मानिएका प्रत्यासीहरु टीम महेशमा जोडिएका छन् । लामो समयको छलफल र सहमति पछि बलियो पृष्ठभूमी र प्रभावशाली संजाल भएका उपाध्यक्षका दाबेदारहरु टीम महेशलाई समर्थन गर्न राजी भएका हुन । विधानमा ६ जना खुला र एक महिला उपाध्यक्षको व्यवस्था छ । जस अनुसार ६ खुल्ला उपाध्यक्ष पदमा लगभग सहमति जुटेको छ । महिला उपाध्यक्ष बाट रोजिना प्रधान राई र युबा उपाध्यक्षमा विमला सापकोटाले लाई अगाडि बढाएको छ।
महेशको टिमबाट डा.केशव पौडेल, सुनील साह, गंगाधर गौतम, नारायण आचार्य र राजु रेग्मी ‘राज’ ले उपाध्यक्षमा उम्मेदवारी दिने पक्का भएको छ भने रोबिन शेरचन पनि थपिएका छन्। अन्य पदमा पनि क्षेत्र, लिंग साथै समावेशीका आधारमा उम्मेदवारी टुंगो लगाइसकेको छ । महेशको टीम व्यवस्थापन र उम्मेदवारको टुंगो लगाउन एनआरएनएका संस्थापकहरु, पूर्वअध्यक्षहरु र विशिष्ट पहिचान बनाएका एनआरएनएका अग्रज अभियन्ताहरुले कसरत गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend