सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

बैंक खातामा मोबाइल नम्बर अद्यावधिक गर्न नबिल बैंकको आग्रह

बैंक खातामा मोबाइल नम्बर अद्यावधिक गर्न नबिल बैंकको आग्रह

काठमाडौँ,असोज २६ गते । नबिल बैंकले आफ्ना ग्राहकलाई बैंक खातामा मोबाइल नम्बर अपडेट (अद्यावधिक) गर्न सूचित गरेको छ। बैंकले आज एक सूचना प्रकाशित गर्दै ग्राहकलाई यसबारे जानकारी गराएको हो।

नबिल बैंकले आफ्ना ग्राहकलाई खातामा भएका कारोबारहरुको जानकारी मोबाइलमा एसएसएसमार्फत दिँदै आएको छ। यदि त्यस्तो एसएमएस प्राप्त भइरहेको छैन भने आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखामा आफ्नो सक्कल नागरिकता वा फोटोसहितको अन्य कुनै परिचयपत्रसहित आफैँ उपस्थित भई मोबाइल नम्बर आफ्नो खातामा अद्यावधिक गर्न नबिल बैंकले आग्रह गरेको छ। बैंक खातामा मोबाइल नम्बर आउँदो कात्तिक २४ गतेभित्र अद्यावधिक गर्न सूचनामा आग्रह गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend