शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

मुकेश अम्बानी फेरि बने सर्वाधिक धनी भारतीय

मुकेश अम्बानी फेरि बने सर्वाधिक धनी भारतीय

२४ असोज ,काठमाडौं ।रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले अडानी समूहका अध्यक्ष गौतम अडानीलाई पछि पार्दै फेरि सर्वाधिक धनी भारतीय बनेका छन।

हुरुन इन्डिया रिच लिस्ट २०२३ अनुसार यसअघि धनीको सूचीमा अगाडि रहेका गौतम अडानीलाई मुकेश अम्बानीले पछाडि पारेका हुन् ।

नयाँ सूचीका अनुसार रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले अडानी समूहका अध्यक्ष गौतम अडानीलाई पछि पार्दै सबैभन्दा धनी भारतीयको उपाधि हासिल गरेका हुन् । हिन्डनबर्ग रिपोर्टपछि गौतम अडानीको सम्पत्तिमा ठूलो गिरावट आएको देखिएको छ । हुरुन इन्डियाले १२ भारतीय धनाड्यको सूची सार्वजनिक गरेको हो ।

मुकेश अम्बानीको सम्पत्ति चार गुणाले बढेको देखिएको छ । सन् २०१४ मा १६५,१०० करोड भारतीय रुपैयाँबाट बढेर २०२३ मा ८०८७०० करोड भारतीय रुपैयाँ पुगेको छ । गत ९ वर्षमा अम्बानीको सम्पत्ति चार गुणाले बढेको रिपोर्टमा उल्लेख छ ।

गौतम अडानी भारतीय धनाड्यको दोस्रो नम्बरमा झरेका छन् । उनी ४७४८०० करोड भारतीय रुपैयाँको सम्पत्ति सहति दोस्रो नम्बरमा झरेका हुन् । योसँगै सेरम इन्स्टिच्युट अफ इन्डियाका संस्थापक साइरस एस पुनवाला २७८५०० करोड भारतीय रुपैयाँको सम्पत्ति सहित तेस्रो स्थानमा छन् ।

यस्तै, एचसीएलका शिव नाडर २,२८,९०० करोडको सम्पत्ति सहित चौथो स्थानमा छन् भने गोपीचन्द हिन्दुजा १,७६,५०० रुपैयाँ बराबरको सम्पत्ति सहित पाँचौ स्थानमा छन् । सन फार्मास्युटिल इन्डस्ट्रीका संस्थापक दिलिप सांघवी १६४३०० करोडको सम्पत्ति सहित छैटौं स्थानमा छन् ।

भारतीय धनाड्यको पहिलो स्थान ओगटेका अम्बानीले सन् १९६६ मा टेक्सटाइल मिलको स्थापना गरेर व्यवसायिक जीवन अगाडि बढाएका थिए । त्यही मिलले नै उनको जीवन परिवर्तन गरिदियो ।

पढ्ने रहर हुँदाहुँदै पनि बीचमै पढाई छोड्न बाध्य भएका अम्बानीले केमिकल इन्जिनियरिङमा डिग्री हासिल गरेपछि एमबीए गर्न चाहान्थे । तर व्यवसाय अगाडि बढाउनको लागि उनको पिताले उनको पढाई बीचमै रोकिदिए । त्यसपछि उनले सन् १९८१ मा उनले पितासँग मिलेर रिलायन्स पेट्रोलियम रसायनको शुरुवात गरे । पछि उनले रिलायन्स इन्फोकाँम लिमिटेडको स्थापना गरे । अहिले उक्त कम्पनीलाई रिलायन्स कम्युनिकेन्सस लिमिटेडको नामबाट चिनिन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend