काठमाडौं । बुद्धनगरस्थित मंगल विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। निवर्तमान अध्यक्ष हेमन्त कुमार श्रेष्ठको अध्यक्षतामा यही असोज २० गते शनिबार सम्पन्न सभाले आगामी चार वर्षको कार्यकालका लागि नयाँ संचालक समितिको निर्वाचन सम्पन्न गरेको छ।
साधारणसभाले सुमन कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको सर्वसम्मत चयन गरेको हो। त्यससँगै ,लेखा तथा सुपरिवेक्षण समितिको समेत निर्वाचन सम्पन्न भएको छ।

साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको वासलात , लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।
सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम , बजेट , लेखापरीक्षकको नियुक्ति लगायतलाई स्वीकृत गरेको छ।

समिक्षा आर्थिक वर्षमा मंगल विनायक सहकारीमा ९४८ सदस्यहरुबाट जम्मा शेयरपूँजी रु. २,७७,०४,०००/- पुगेको छ। यो अघिल्लो वर्षको अनुपातमा २ प्रतिशतको वृद्धि हो।
समिक्षा वर्षमा संस्थाको निक्षेप संकलन रकम जम्मा रु. ३०,८८,८३,७३०|९१ तथा कर्जा लगानी रकम रु.२५,८९,१९,८७९/- रहेकोे छ।
यस आर्थिक वर्षमा संस्थाको जगेडा कोषमा रु. २,०४,२३,२५३.४७ जम्मा हुन गएको छ। यो गत आ.व. २०७८/ ०८९ को अनुपातमा १६.९३ प्रतिशतले वृद्धि हो। संस्थाको खुद बचत यस वर्ष रु.९२,५८,०६८.४५ रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend