सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भुवन के पोखरेलको अभिनयमा “आउछु घर दशैंमा” गीत सार्वजनिक

भुवन के पोखरेलको अभिनयमा “आउछु घर दशैंमा” गीत सार्वजनिक

२४ असोज,काठमाडौं । यसबर्षको बडादशैं नजिकिदै गर्दा दशैंलाइ मध्यनजर गर्दै दशैं बिशेष गीतहरु सार्वजनिक भइरहेका छन् । यसैबिच दशैं पर्वलाइ लक्षित गरेर निकै मार्मिक गीत ‘आउँछु घर दशैंमा’ सार्वजनिक गरिएको छ ।

गायक मनोहर भण्डारी र गायिका मन्जु धितालको स्वरमा रहेको यस गीतको शब्द तथा संगीत पनि गायक भण्डारीकै रहेको छ । एरेन्ज जय देवकोटाको रहेको छ भने उक्त गीतको म्युजिक भिडियो गायक भण्डारीकै युट्युव च्यानल बाट सार्वजनिक गरिएको हो । यस गीतमा चर्चित मोडल तथा कलाकार भुवन के पोख्रेल र अनिसा पराजुलीको दमदार अभिनय रहेको छ ।

यस गीतको भिडिओमा बिदेशमा रहेका युवक दशैंको छेको पारेर घर फर्किदै गरेको दृश्य देख्न सकिन्छ । प्रदेश बाट घर फर्किदा कति खुशी लाग्छ भन्नि कुरा म्युजिक भिडियो मार्फत देखाउन खोजिएको छ । साथै प्रदेशी घर फर्किदा घरमा खुशियाली छाएको दृश्य पनि देखाइएको छ ।यो गीतको भिडियो गायक भण्डारी आफैले निर्देशक गरेका हुन् । भिडियोको छायांकन तथा सम्पादन प्रवेश पोखरेलले गरेका हुन । भिडियो एक्सन निर्देशन छवि भुषाल र रिकेश धितालको रहेको छ

दशैं लक्षित आफ्नो गीतले दर्शक तथा स्रोताको माया पाउनेमा गायक भण्डारी विश्वस्त छन् । उनले झण्डै दर्जन गीत सार्वजनिक गरिसकेका छन् । यस्तै भिडिओमा अभिनय गरेका भुवनले पनि भिडिओमा निकै मिहिनत गरेको र दर्शकको माया पाउनेमा ढुक्क रहेको बताउँछन् । भुवनले अहिलेसम्म दुईदर्जन बढी म्युजिक भिडियो तथा बिभिन्न लोकप्रिय टेलिसिरियलहरुमा काम गर्दै आइरहेका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend