सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एनआरएनएको सहकोषाध्यक्षमा तिलक गैरेको उम्मेदवारी

एनआरएनएको सहकोषाध्यक्षमा तिलक गैरेको उम्मेदवारी

काठमाडौं,असोज २२ गते । गैर आवासीय नेपाली संघ(एनआरएनए) युरोप क्षेत्रका उपसंयोजक तिलक गैरेले संघको आगामी ११ औं महाधिवेशनका लागि सहकोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

नवलपुरको गैंडाकोट घर भएका गैरे गैरआवासीय नेपाली संघ पोर्चुगलका पूर्वअध्यक्ष हुन्। उम्मेदवारीलाई सशक्त बनाउन उनले युरोप र मध्यपूर्वका १५ भन्दा बढी देशका प्रतिनिधिहरूसँगको प्रत्यक्ष अन्तर्क्रिया गरेका थिए।

१४ वर्षदेखि एनआरएनए अभियानमा सक्रिय र नेतृत्वदायी भूमिका खेल्दै आएका गैरे प्रवास र नेपालमा सामाजिक सेवामा पनि सक्रिय छन्।

नवलपुरमा अपांगता भएका व्यक्तिहरूलाई ह्वील चेयरहरू उपलब्ध गराएको, कोरोना महामारीको बेला अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य उपकरण तथा सामग्री सहयोग गरेको, पोर्चुगलमा नेपालीहरू बसेको घरघरमा पुगेर खाद्यान्नलगायत औषधीहरू वितरण तथा कोरोना संक्रमितको उपचारका लागि पहलकदमी र अगुवाइ गरेको, एकल सुत्केरी महिलाहरूलाई आर्थिक सहयोग उपलब्ध गराएको उनले बताए।

गैंडाकोट खेलकुद विकास समितिका संस्थापक महासचिव रहेका गैरेले नेपालका विभिन्न जिल्लाहरूमा खेलकुद सामग्री उपलब्ध गराउने र खेलकुद विकासका लागि आर्थिक सहयोग रहेको बताए। उनी गैरआवासीय नेपाली संघ पोर्चुगलको सदस्य, लेखा संयोजक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष र अध्यक्ष भएका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend