सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं,असोज २२ गते । नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँगको सहकार्यमा आउँदो मंसिर १४ देखि पाँच दिनसम्म नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला गर्ने भएको छ । आज असोज २२ गते सोमवार पत्रकार सम्मेलन गर्दै महासंघले मेलाबारे जानकारी दिएको हो । नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस)अन्तर्गतका वस्तुहरुको प्रवर्द्धन गर्ने उद्देश्यले महासंघले हरेक बर्ष यस्तो मेला आयोजना गर्ने गर्दछ ।
महासंघका अध्यक्ष चन्द्र ढकालले पत्रकार सम्मेलनमा गत वर्ष कोरोना महामारीको कारण मेलालाई निरन्तरता दिन नसके पनि यो वर्ष आयोजना गर्न लागिएको बताए । उनले मेलाको लागि ५० प्रतिशत भन्दा बढी स्टलहरु बुकिङ भइसकेको बताए । ढकालले मेलामा करिव तीन सय स्टलहरु रहने बताए । उनले मेलामा ७० भन्दा बढी चीनबाट र ८० भन्दा बढी स्टल बुकिङ भारतबाट भएको बताए ।
साथै, मेलामा बंलादेशबाट पनि ४० भन्दा बढी स्टल बुकिङ गरेको ढकालले बताए । उनले लामो समयपछि अन्तर्राष्ट्रिय व्यापार मेला हुन लागेकाले अन्तर्राष्ट्रिय व्यापार महत्वपूर्ण योगदान पुग्ने विश्वास रहेको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend